PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

बेलायतको फ्रि फोरेस्टरविरुद्ध नेपाली क्रिकेट टीमको सहज जित



पहिलोपोस्ट

बेलायतको फ्रि फोरेस्टरविरुद्ध नेपाली क्रिकेट टीमको सहज जित

काठमाडौं : विश्वकै पुरोना मेरिलिवन क्रिकेट क्लब एमसीसीसँगको मैत्रीपूर्ण खेलका लागि बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा नेपालले सहज जित हात पारेको छ।
 
बुधबार बेलुका सम्पन्न फ्रि फोरेस्टर विरुद्धको खेलमा नेपाल १ सय २९ रनको फराकिलो अन्तर विजयी भयो।
 
नेपालले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको फ्रि फोरेस्टर टोली नेपाली बलरहरुको धारिलो बलिङसामु टिक्न सकेन र २९ दशमलव १ ओभरमा १ सय ६ रनमै अलआउट भयो। फ्रि फोरेस्टरलाई कम स्कोरमा रोक्न नेपालका विक्रम सोबले सर्वाधिक ४ विकेट लिए। युवा स्पिनर सन्दिप लामिछानेले ३, करण केसीले २ तथा शक्ति गौचनले १ विकेट झारे। फ्रि फोरेस्टरका कासिफ अलीले ३१ रन जोडे।
 
यसअघि जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रनको स्कोर खडा गरेको थियो। फोरेस्टर विरुद्धको खेलमा पनि नेपालको पुरानै समस्या दोहोरियो। ओपनर अनिल मण्डल व्यक्तिगत ४ रन बनाउँदै आउट भए। तर तेस्रो नम्वरमा आएका शरद भेषावकरले अर्का ओपनर ज्ञानेन्द्र मल्ललाई गतिलो साथ दिएपछि नेपालले सुधारिएको प्रदर्शन गरेको थियो।

यी दुई खेलाडी क्रिजमा रहँदा नेपालले २ सय ५० रनको आँकडा सजिलै पार गर्ने देखिएको थियो। तर शरद र ज्ञानेन्द्र आउट भएसँगै नेपालको निरन्तर विकेट झर्‍यो। दुवै खेलाडीले अर्धशतक पूरा गरे। दोस्रो विकेटका लागि शरद र ज्ञानेन्द्रले १ सय १० रनको साझेदारी गरे। ज्ञानेन्द्रले नेपालका लागि सर्वाधिक ७४ रनको योगदान गरे। शरदले ५० रन बनाए। यस्तै कप्तान पारस खड्काले ४०, सागर पुनले २१ र राजेश पुलामी मगरले ११ रन जोडे। 

विनोद भण्डारी ७, सोमपाल कामी ८ रनमा आउट भए भने करण केसीले खाता खोल्न सकेनन्। राजु रिजाल ८ रनमा अविजित रहे। 

फोटो : cricketingnepal.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell