PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

​राजनीतिमा रिभर्स : पहिले प्रचण्डले ओलीलाई मिस गर्थे, अहिले ओलीले देउवा र दाहाल



सविन ढकाल

​राजनीतिमा रिभर्स : पहिले प्रचण्डले ओलीलाई मिस गर्थे, अहिले ओलीले देउवा र दाहाल

काठमाडौं : राजनीतिमा कतिपय प्रसंगहरु रिभर्समा चल्ने गर्छन्। राजनीतिक दलहरुबीचको गठबन्धन र टुट्नेक्रमले घटनाक्रमहरु रिभर्स हुनु अनौठो होइन। पात्र र प्रवृत्ति फेरिए पनि घटनाहरु चलिरहन्छन्।

यस्तै भयो आजको एक सार्वजनिक समारोह। राष्ट्रिय सुरक्षा नीतिमाथिको छलफल कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई 'मिस' गरे।

उनले राष्ट्रिय सुरक्षा नीतिको विषय जोड्दै भने, 'नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका सभापति प्रचण्डजी पनि आइदिनुभएको भए राम्रो हुन्थ्यो।'

उनले माओवादीका केन्द्रका अध्यक्ष नभइ सभापति भनेर प्रचण्डलाई सम्बोधन गरेका थिए। 'राष्ट्रिय सुरक्षा नीति कुनै पार्टी विशेषको मात्र नभएर सबैको साझा एजेन्डा भएकाले उहाँहरुको उपस्थिति भएको भए हुन्थ्यो,' उनले भने।

२०७१ कार्तिक ११ गते एनेकपा माओवादीले चियापान आयोजना गरेको थियो। त्यसमा निम्त्याइएका केपी शर्मा ओली अनुपस्थित थिए। संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको संयोजनमा बोलाइएको प्रमुख तीन दलको बैठकमा समेत ओली अनुपस्थित हुने गर्थे। चियापानमा ओलीको पटक पटकको अनुपस्थितिलाई प्रचण्डले 'मिस गरेँ' भन्दै सुनाउँथे।  अनि यी चलिरहन्थ्यो आरोप प्रत्यारोप
 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ सरकार गठनको तयारीमा जुटिरहेका छन् जसको सोझो निशानमा छन् ओली। ठीक विपरित संसदको संख्यात्मक खेलमा कमजोर रहेका प्रधानमन्त्री केपी शर्मा ओली सरकार टिकाउने मुडमै छन्।

तर यतिखेर माओवादीले ओली नेतृत्व सरकारलाई गरेको समर्थन फिर्तासँगै प्रधानमन्त्री ओलीको मुहारमा खुसी हराएको छ। सार्वजनिक कार्यक्रममा उखान टुक्काले सहभागीलाई हँसाउने प्रधानमन्त्री रसहीन देखिए। बिहीबार राजधानीमा भएको राष्ट्रिय सुरक्षा गोष्ठी कार्यक्रममा प्रधानमन्त्री ओली निर्धारित समयमा नै पुगे। कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु सबैलाई निम्त्याइएको थियो। तर नयाँ सरकारको गठबन्धनमा जुटेका मुलुकका दुई प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित रहे।

कार्यक्रममा पूर्व प्रधानमन्त्रीका हैसियतमा लोकेन्द्रबहादुर चन्ददेखि डाक्टर बाबुराम भट्टराईसम्मको उपस्थिति थियो। करिब २ घण्टासम्म प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा बसिरहे। अरु बेला स्टेजमा बस्दा चञ्चले स्वभाव देखाउने ओली आज भने मौन स्थिर देखिए।
लोकेन्द्र बहादुर चन्द, डाक्टर बाबुराम भट्टराई, माधवकुमार नेपाल बोलेपछि उनको बोल्ने पालो आयो। सबै बक्तालाई बोल्नेको लागि १५ मिनेट समय दिइएको भए पनि ओलीले करिब दोब्बर अर्थात् ३० मिनेट बोले।
 

यस्तो थियो ओलीको बोली

१. प्रधानमन्त्री ओलीले ३० मिनेटको भाषणमा मधेस केन्द्रित दलहरुमाथि व्यङ्ग्य गरे। माओवादीले सर्मथन फिर्ता लिएकै दिन मधेस केन्द्रित दलका नेता र नेपालका लागि भारतिय राजदूत रञ्जित राय प्रति अंकित गर्दै ओलीले भने, 'एउटा कुनै पार्टी सरकारबाट बाहिर गयो भने अरुअरु उफ्रने, भोज खानाले चित्र स्पष्ट पार्छ। अरु मेरो भन्नु केही छैन।' त्यस्तै उनले आन्दोलनरत दललाई केन्द्रित गर्दै संविधान पुर्नलेखन हुन सक्दैन संशोधन मात्र गर्न सकिन्छ भने। 'सबै कुरा बार्ताबाट समधान गर्न सकिन्थ्यो तर सहमतिमा पुग्न नचाहेपछि कसैको केही लाग्दैन,' उनले भने

२. प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशको मित्रताको लागि राष्ट्रिय हितलाई कमजोर पार्न नसक्ने बताए। 'हामीले कुनै राष्ट्रको विरोध गरेका छैनौं। छिमेकीका जायज चासोलाई ध्यान दिएका छौं तर हाम्रो भूमी कसैका लागि भने प्रयोग गर्न दिने छैनौं।' त्यस्तै उनले चिनसँग पारवहन सम्झौताका विषयमा पनि बोले। 'हाम्रो अधिकारको कुरा हो दुई छिमेकीसित पारवहन लिन सक्छौ,' उनले भने, '२१ औं शताव्दीमा ठूला देशलाई साना देशले दस्तुर तिरेर पारवहन सुविधा लिने समय होइन। सबै राष्ट्र आफैमा विशाल छन्।'

३. प्रधानमन्त्रीले केपी शर्मा ओलीले विभिन्न कारणमा राष्ट्रिय सुरक्षा निकायलाई कमजोर पार्ने खोजिएको बताए। द्वन्द्व र व्यवस्थापनको कारणले सुरक्षा निकायलाई कमजोर पारेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell