PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

​कांग्रेस र माओवादीले भने- 'ओली सरकार कामचलाउ हैसियतको'



पहिलोपोस्ट

​कांग्रेस र माओवादीले भने- 'ओली सरकार कामचलाउ हैसियतको'

काठमाडौं : नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार कामचलाउ हैसियतको मात्र भएको बताएका छन्।

दुवै दलका मुख्य सचिवले जारी गरेको संयुक्त वक्तव्यमा १३ वटा दलले अविश्वासको प्रस्ताव दर्ता गरिसकेको अवस्थामा वर्तमान सरकार केवल कामचलाउ सरकारको हैसियतमा मात्र रहेको उल्लेख गरेका छन्।

वक्तव्यमा भनिएको छ, ‘वर्तमान सरकारले दैनिक कामकाजका सामान्य कामबाहेक कुनै पनि राष्ट्रिय महत्व राख्ने र दीर्घकालीन प्रभाव पार्ने निर्णयहरु नगर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र वर्तमान सरकारको ध्यानाकर्षण गराउँछ।‘

माओवादी अध्यक्ष प्रचण्डले २९ गते बुधबार संसदमा केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

सरकारमा रहेका माओवादीका ८ मन्त्रीहरुले बुधबार संयुक्त राजीनामा दिएपछि ती मन्त्रालयको थप जिम्मेवारी अन्य मन्त्रीलाई दिइएको छ। प्रधानमन्त्री ओलीले संविधानको धारा २९८ बमोजिम आफूसहित अन्य मन्त्रीलाई थप कार्यभार दिएको र नयाँ जिम्मेवारी दिइएको पत्र राष्ट्रपति कार्यालयकहाँ पठाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell