PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

प्रधानमन्त्री ओली भन्छन्- 'म नेपाली जनतालाई स्यालुट गर्न चाहन्छु'



पहिलोपोस्ट

प्रधानमन्त्री ओली भन्छन्- 'म नेपाली जनतालाई स्यालुट गर्न चाहन्छु'

काठमाडौं : राजधानीमा बिहीबार भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई आफूले स्यालुट गर्न चाहेको बताएका छन्।
 
'नाकाबन्दीको क्रममा नेपाली जनताले जुन धैर्य र सहनशीलता देखाए, त्यसमा मलाई खुसी लागेको छ,' राष्ट्रिय सुरक्षा नीतिबारेको छलफल कार्यक्रममा उनले भने, 'त्यतिखेर नेपाली जनतामा साँच्चिकै देशभक्ति देखियो। म उनीहरुलाई स्यालुट गर्न चाहन्छु।'
 
निकै मलिन अनुहारमा देखिएका ओलीले नेपालीमा अन्याय नसहने बानी रहेको समेत बताए। 'नाकामा बसेर आन्दोलन गरिरहेको ठाउँबाट आफू हिँड्दा एक किलोमिटर क्षेत्रमा रहेका नेपालीले नै प्रधानमन्त्री खुट्टा नकमाउ, शिर नझुकाउ भनेका थिए,' उनले थप भने, 'हामी दु:ख सहन सक्छौं। नेपालीले हिजो पनि स्वाधीनता जोगाएका थिए, आज पनि जोगाउँछन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell