PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

रियल मड्रिड र बार्सिलोनालाई पछि पार्ने यी हुन्, विश्वका धनी क्लब



पहिलोपोस्ट

रियल मड्रिड र बार्सिलोनालाई पछि पार्ने यी हुन्, विश्वका धनी क्लब

विश्वकै धनी क्लबको नाम लिँदा चर्चित फुटबल क्लबहरुको नाम आउँथ्यो। तर यो वर्ष फोर्ब्सले सार्वजनिक गरेको विश्वकै धनी क्लबहरुको सूचीमा फुटबल क्लबको नाम रहेक पनि शीर्ष स्थानमा छैन।
 
फोर्ब्सले जारी गरेको ५० धनी क्लबको सूचीमा यो पटक अमेरिकी नेशनल फुटबल लिग खेल्ने क्लब डल्लास काउ ब्वाइज शीर्ष स्थानमा रहेको छ। डल्लास काउ ब्वाइजको ब्राण्ड मूल्य ४ बिलियन अमेरिकी डलर छ। एनएफएल फ्रान्चाइज काउब्वाइजले गत वर्ष २७० मिलियन अमेरिकी डलर फाइदा गरेको थियो। फोर्ब्सले जारी गरेको सूचीमा फुटबलभन्दा बाहिरको क्लब शीर्ष स्थानमा पुगेको यो पहिलो पटक हो।
 
सन् २०११ देखि फोर्ब्सले सुरु गरेको यस सूचीमा पछिल्लो तीन संस्करणमा रियल मड्रिड शीर्ष स्थानमा थियो।
 
गत सिजन कीर्तिमानी ११ औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको स्पानिस जायन्ट रियल मड्रिड धनी क्लबको सूचीमा दोस्रो स्थानमा झरेको छ।
 
रियलको ब्राण्ड भ्यालु ३.६५ विलियन छ। यस्तै सूचीको तेस्रो स्थानमा रहेको अर्को स्पानिस क्लब बार्सिलोनाको ब्राण्ड भ्यालु ३.५५ विलियन छ।
 
अमेरिकी बेसबल टीम न्युयोर्क याङ्की सूचीको चौथो स्थानमा छ। याङ्कीको ब्राण्ड भ्यालु ३.४ विलियन छ। पाँचौ स्थानमा रहेको इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडको भ्यालु ३.३२ छ। युनाइटेड सन् २०११ र २०१२ मा सूचीको शीर्ष स्थानमा थियो।
 
यस्तै, सूचीको छैटौ स्थानमा न्यु इंगल्याण्ड प्याट्रिओट्स, सातौंमा न्युयोर्क निक्स, आठौंमा वासिङ्गट रेडस्किन्स, नवौंमा न्यु योर्क जेन्ट्स र दसौंमा लस एन्जलस लेकरस रहेका छन्।

शीर्ष ५० को सूचीमा एनएफएल फ्रान्चाइजको २७ क्लब छन् भने युरोपका ८ फुटबल क्लब, अमेरिकाका ८ बास्केटबल क्लब र मेजर लिग बेसबलका ७ क्लब छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell