PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

अनस्क्रिन रोमान्समा गायक कमल खत्री



पहिलोपोस्ट

अनस्क्रिन रोमान्समा गायक कमल खत्री

काठमाडौं : एक समय धेरैले गुनगुनाउने गीत थियो- 'आत्मामा मेरो आत्मामा…'
 
स्रोताको मन त जित्यो नै साथै नेपाली गीत-संगीताको बजार विस्तारमा पनि यो गीतले महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो। गीतसँगै चर्चामा आएका थिए, गायक कमल खत्री। त्यसयता उनले प्राय: प्रेम गीत नै गाए। तर खासै चर्चामा भने आएनन्।
 
तर अहिले कमलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘म गीत हुँ तिम्रो’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको हो। गीतमा कमललाई साथ दिएकी छिन्, गायिका सिम्पल खरेलले।
 
भिडियो सहित रिलिज भएको गीत कमलले नै लेखेका हुन्। संगीत पनि उनकै रहेको छ। प्रेमसँग नै सम्बन्धित गीतको भिडियोमा यी गायक-गायिकाकै अनस्क्रिन रोमान्समा देखा परेका छन्।

रिकेश गुरुङ्को संगीत संयोजन रहेको भिडियोलाई जीवन थापाले निर्देशन तथा सम्पादन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell