PahiloPost

Mar 11, 2026 | २७ फागुन २०८२

जुइनो विमोचनमा विनिता बरालले खोलिन् आफ्नी छोरीको नाम



पहिलोपोस्ट

जुइनो विमोचनमा विनिता बरालले खोलिन् आफ्नी छोरीको नाम

​काठमाडौँ : 'म छोरीको नाम कथा राख्न चाहन्थेँ,' चपली हाइट फिल्मबाट चर्चामा आएकी अविवाहित नायिका विनिता बरालले आफ्नो योजना सुनाए, 'तर पहिलो सन्तान जुइनो बन्न पुग्यो।' 

अर्की नायिका ऋचा शर्मालाई पनि कथाले नै तान्यो। दुई नायिकाबीच बिहीबार साँझ पर्यटन बोर्ड परिसरमा राखिएको मञ्चमा कुराकानी हुँदै थियो जसलाई सुन्न साहित्यकारदेखि कलाकारसम्म उपस्थित थिए। 

कृषि पृष्ठभूमि बनाएर विनिताले लेखेको उपन्यास जुइनोका एक पात्र हुन् – 'कथा'। नायिका ऋचालाई पनि यही पात्र एकदमै रोचक लाग्यो।   
'जुइनो' सार्वजनिक हुने भनिएको १ वर्षपछि बल्ल आज लन्च हुँदै थियो। प्रकाशक र लेखक स्वयमको विविध समस्याका कारण पटक-पटक विमोचन सारिएको थियो। अमेरिकामा एमबिए गरिरहेकी बराल पुस्तक विमोचनकै लागि नेपाल आएकी हुन्। उनले आफूले दुई वर्ष भन्दा अगाडिदेखि किताब सुरु गरेको बताइन्। 

कार्यक्रममा लेखक बरालले आफ्नो कलाप्रतिको आशक्ति, कृषिप्रतिको रुचि, माटो प्रेम र खाली जग्गा देख्दाको छटपटीलाई एकै जुइनोले बाँध्ने प्रयासलाई किताबको रुप दिएको बताइन्। किताब माथिको छलफलपछि ऋचा शर्मा र विनिता बराललेनै किताब अनावरण गरे। 

किताबलाई फाइनप्रिन्टले प्रकाशन गरेको हो। २०३ पेजको किताबको मोल २९४ राखिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell