PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

डा. केसीलाई भेट्न पुगे डा. भट्टराई, अनसन फिर्ता लिन आग्रह

डा. केसीलाई भेट्न पुगे डा. भट्टराई, अनसन फिर्ता लिन आग्रह

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ : नयाँ शक्ति नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले डा. गोविन्द केसीलाई अनसन फिर्ता लिन आग्रह गरेका छन्। 

सरकार परिवर्तनको खेल सुरु भएको अवस्थामा अनसनमा सरकारको ध्यान नपुग्दा स्वास्थ्यमा गम्भीर अवस्था उत्पन्न हुन सक्ने भन्दै भट्टराईले अनसन रोक्न मध्यमार्गी बाटो अपनाउन आग्रह गरेका हुन्। 

तर केसीले भने आफ्नो ज्यान गए पनि अनसन नरोक्ने बताएका थिए। डाक्टर केसी पाँच दिन यता आमरण अनसनमा रहेका छन्।

भट्टराईले चिकित्सा शास्त्र क्षेत्रमा भएको अनियमिता, भ्रष्टाचार हट्नुपर्छ भन्ने मागमा आफ्नो ऐक्यबद्धता रहेको बताएका थिए। 

​भट्टराईले केसी पहिलोपटक अनसन बस्दा डिन नियुक्ति वरिष्टता र योग्यताको आधारमा हुनुपर्ने माग आफूले प्रधानमन्त्री रहँदा पूरा गरेको स्मरण समेत गरे।


ट्रेन्डिङ पोस्ट

Ncell