PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

  • ५ फोटोमा हेर्नुस् 'कही नभएको जात्रा हाँडी गाउँको'

    ५ फोटोमा हेर्नुस् 'कही नभएको जात्रा हाँडी गाउँको'

    गहना पोखरीमा पसेर गहना खोज्ने भएकाले अरु जात्राभन्दा पृथक छ हाँडी गाउँको जात्रा। गहना पोखरीमा हिलो हुने  र त्यो भित्र पसेर मानिसहरु सुन खोज्ने भएकाले व्यङ्ग्य गरी 'कही नभएको जात्रा हाँडी गाउँमा' भन्ने उखानै बनेको छ। हिले पोखरी अहिले कंक्रिटले परिवर्तन भएको छ। यहाँको जात्रा हिलो बाहेकमा पनि हुन्छ, हिलोमा मात्र होइन। हेर्नुस् हाँडी गाउँको जात्राका ५ दृश्य

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकको तौथलीमा दही महोत्सब : हेर्नुस् ९ दृश्य

    सिन्धुपाल्चोकको तौथलीमा दही महोत्सब : हेर्नुस् ९ दृश्य

    सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी माईको मन्दिर अगाडि आज दही महोत्सव आयोजना भयो। एक अर्कामा दही दल्ने र छ्यापाछ्याप गर्ने यो पर्वमा समुदायका सबै वर्ग/जातका मानिस भेला हुन्छन् र रमाइलो गर्छन्। मन्दिरको अगाडि पुगेपछि जात्रा सकिन्छ। यसरी दही दल्दा रोग निको हुने जनविश्वास छ।

    विस्तृतमा पढ्नुस्

  • वर्षमा एक दिन आज मात्र खुल्ने तलेजु भवानी मन्दिरमा लाग्यो दर्शनार्थीको घुइँचो

    वर्षमा एक दिन आज मात्र खुल्ने तलेजु भवानी मन्दिरमा लाग्यो दर्शनार्थीको घुइँचो

    काठमाडौं : आज आश्विन शुक्ल नवमी। नवरात्रको अन्तिम दिन अर्थात् महानवमी। बडादशैँको महानवमी आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा र बलि दिएर धुमधामका साथ मनाइँदैछ।   महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा हुन्छ। हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजा सहित जङ्गी निशान पूजा र कोतपूजा गर्ने प्रचलन छ।   कालरात्रिका अवसरमा हनुमानढोकामा राज्यका तर्फबाट ५४…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् सेनाको फूलपाती बढाइँ

    फोटोमा हेर्नुस् सेनाको फूलपाती बढाइँ

    काठमाडौँ : नेपाली सेनाले फूलपातीको अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी  टुँडिखेलमा  आयोजित फूलपाती बढाइँ समारोहमा सरिक भइन्।  नेपाली सेनाका तर्फबाट राइफल र तोपको बढाइँ गरिएको थियो। राइफल बढाइँ अन्तर्गत छिटो लहरे बढाइँ,  एकसाथ लहरे बढाइँ, एकठ्ठा बढाइँ र आफूखुशी बढाइँ गरिएको थियो। साथै १५ तोपको लहरे र पाँच तोपको एकट्ठा बढाइँ पनि गरिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवा अमेरिकातिर

    प्रधानमन्त्री देउवा अमेरिकातिर

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका प्रस्थान गरेका छन्।  संयुक्त राष्ट्र संघको ७२औं महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी न्यूयोर्क गएका हुन्।  देउवालाई उपप्रधानमन्त्रीहरु विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, सभामुख ओनसरी घर्तीलगायत मन्त्रीहरुले विमानस्थल पुगी विदाइ गरे। विदाइ समारोहमा उच्च पदस्थ अधिकारीहरु समेत सहभागी थिए।  देउवा इत्तिहाद एयरको उडान नम्बर २९१ बाट अमेरिका लागेका हुन्। प्रधानमन्त्री देउवाले सेप्टेम्बर…

    विस्तृतमा पढ्नुस्

  • लाठिचार्ज, फ्यान बेहोस: हेर्नुस् नेपाल आइडल टप थ्रीको टुँडिखेलमा कन्सर्टका ३६ फोटो

    लाठिचार्ज, फ्यान बेहोस: हेर्नुस् नेपाल आइडल टप थ्रीको टुँडिखेलमा कन्सर्टका ३६ फोटो

    काठमाडौँ : रियालिटी टेलिभिजन शो नेपाल आइडलका तीन प्रतिस्पर्धीहरुको कन्सर्ट शनिबार टुँडिखेलमा भयो। कन्सर्टमा बुद्ध लामा, निशान भट्टराई र प्रताप दासले गीतहरु गाएका थिए।  दर्शकहरु अनियन्त्रित भएपछि प्रहरीले लाठिचार्जसमेत गर्नुपरेको थियो। यस क्रममा केही दर्शक बेहोससमेत भएका थिए। नेपाल आइडलको ग्रान्ड फिनाले आउँदो शुक्रबार कतारमा हुँदैछ। त्यसअघि काठमाडौँको टुँडिखेलमा फ्री कन्सर्ट गरिएको थियो।   

    विस्तृतमा पढ्नुस्

  • २२ फोटोमा हेर्नुस् यस्तो छ प्रताप दासको फ्यान क्रेज

    २२ फोटोमा हेर्नुस् यस्तो छ प्रताप दासको फ्यान क्रेज

    काठमाडौँ : नेपाल आइडलका टप थ्रीमा पुगेका प्रतिस्पर्धीहरु आ-आफ्नो गृहजिल्ला पुगेका छन्। यसै क्रममा बुधबार ललितपुर घर भएका प्रताप दासले लगनखेलमा फ्यानहरु माझ गीत गाए।  दौरासुरुवाल र ढाकाटोपीमा सजिएका प्रताप दासले विभिन्न गीत गाउँदा फ्यानहरु रमाएका थिए।  टप थ्रीमा रहेका बुद्ध लामा पोखरा र निशान भट्टराई मोरङ पुगेका छन्।  नेपाल आइडलका ग्रान्ड फिनालेका लागि भोलि रातिदेखि एक हप्तासम्म भोटिङ खुला…

    विस्तृतमा पढ्नुस्

  • इन्द्रजात्राको अन्तिम दिन उपमेयरसहित महिलाले ताने कुमारीको रथ, हेर्नुस् फोटो

    इन्द्रजात्राको अन्तिम दिन उपमेयरसहित महिलाले ताने कुमारीको रथ, हेर्नुस् फोटो

    काठमाडौं : आइतबार इन्द्रजात्राको अन्तिम दिन काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीसहित महिलाहरुले जीवित देवी कुमारीको रथ तानेका छन्।  नानिचा याः भनिने आजको रथ तान्ने प्रचलन राणाकालमा सुरु भएको हो। तर केही वर्ष अघिदेखि यो दिन महिलाले रथ तान्ने नयाँ चलन सुरु भएको हो।  इन्द्रजात्राको अन्तिम दिन आज रथ वसन्तपुरबाट तानेर विभिन्न ठाउँको परिक्रमापछि पुनः वसन्तपुरमै पुर्‍याइएपछि राष्ट्रप्रमुखका रुपमा राष्ट्रपतिले कुमारीको…

    विस्तृतमा पढ्नुस्

  • १७ फोटोमा हेर्नुस् कृष्ण जन्माष्टमि यसरी मनाइयो

    १७ फोटोमा हेर्नुस् कृष्ण जन्माष्टमि यसरी मनाइयो

    काठमाडौँ : कृष्ण जन्माष्टमि सोमबार काठमाडौँ उपत्यकामा धूमधामका साथ मनाइयो।  राष्ट्रपति विद्यादेवी भण्डारीले पाटन दरबार क्षेत्रमा अवस्थित मल्लकालीन कृष्ण मन्दिरमा पूजा अर्चना गरिन्। सो अवसरमा राष्ट्रपति भण्डारीले मन्दिरका पुजारी प्रतापधर शर्माबाट टीका तथा प्रसाद ग्रहण गरिन्। सिद्धिनरसिंह मल्लले विसं १६९३ मा शिखर शैलीमा बनाएको सत्रौँ शताब्दीको ढुङ्गै ढुङ्गाको २१ गजुरको सो मन्दिरसँगै रहेको ऐतिहासिक ढुङ्गेधाराको पनि अवलोकन गरेकी थिइन्।  राष्ट्रपति भण्डारीलाई…

    विस्तृतमा पढ्नुस्

  • साउनको अन्तिम सोमबारः देशभरका शिवालयमा दर्शनार्थीको भिड, हेर्नुस् फोटोमा

    साउनको अन्तिम सोमबारः देशभरका शिवालयमा दर्शनार्थीको भिड, हेर्नुस् फोटोमा

    काठमाडौँ: साउनको अन्तिम सोमबार देशभरका शिवालयमा आज दर्शनार्थीको भिड लागेको छ। साउन महिनाको हरेक सोमबार ब्रत बसी शिवको पूजा गर्दै आएका भक्तजनले विधिवत रुपमा आजदेखि ब्रत समापन गर्दैछन्। उपत्यकाका पशुपतिनाथ, डोलेश्वर, कुम्भेश्वर तथा उपत्यकाबाहिर देवघाट लगायतका देवालयमा भक्तजनको बाक्लो उपस्थिति हुने गछ। साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको उपस्थिति हेनुस् फोटोमाः

    विस्तृतमा पढ्नुस्

  • खोकना जात्राको परिवर्तित रुप : यसपालि भयो यस्तो परिवर्तन

    खोकना जात्राको परिवर्तित रुप : यसपालि भयो यस्तो परिवर्तन

    काठमाडौँ : पोखरीमा पाठी फ्याँकेर अमानवीय तरिकाले लुछाचुँडी गर्दै मार्ने भन्दै स्वदेशी र विदेशी मिडियामा जात्राको आलोचना भएपछि आज ललितपुरको खोकनामा देवपोखरी जात्रा फरक ढंगले मनाइएको छ। यसपालि पाठीलाई पहिले जस्तै लुछाचुँडी गरेको देखाइएको थिएन। पाठीलाई पानीभित्र लगिए पनि भित्रभित्रैबाट निकालिएको थियो।  पहिले भने पानीमा पाठीलाई लछारपछार गरी लुछाचुँडीसमेत गरिन्थ्यो।  जात्रा पर्व सञ्चालन समितिका अध्यक्ष बेखाराम महर्जनले परापूर्व कालमा पोखरीमा अप्रिय घटना…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् डा. केसीका माग पूरा गर्न दबाब दिन निकालिएको नेविसंघको र्‍याली

    फोटोमा हेर्नुस् डा. केसीका माग पूरा गर्न दबाब दिन निकालिएको नेविसंघको र्‍याली

    काठमाडौँः चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनसनरत डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दबाब दिन नेपाल विद्यार्थी संघका विद्यार्थी आज नाराजुलुससहित त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) प्रांगणमा पुगेका थिए। नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा विद्यार्थीहरु केसीको अनसनलाई समर्थन जनाउन तथा माग पूरा गराउन सरकारलाई दबाब दिन त्यहाँ पुगेका हुन्। उनीहरुले केसीका माग पूरा गर्न भन्दै नाराबाजीसमेत…

    विस्तृतमा पढ्नुस्

  • २७ वर्षपछिको संयोग: नागपञ्चमीमै फेरियो जनै

    २७ वर्षपछिको संयोग: नागपञ्चमीमै फेरियो जनै

    काठमाडौँ: तिथिमिति अनुसार आज साउन शुक्ल पञ्चमी नागपञ्चमी हो। तर, साउन शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पनि आजै मनाइएको छ। २७ वर्षपछि नागपञ्चमीका दिन जनै फर्ने संयोग परेको हो।  साउन शुक्ल पूर्णिका दिन खण्डग्रास चन्द्रग्रहण परेकाले साउन शुक्ल पञ्चमी (नागपञ्चमी)का दिन नै रक्षाबन्धन र नयाँ जनै फेरिएको हो। देवालय तथा मठ मन्दिरमा पुगेर सर्वसाधरणले जनै फेरेका छन्। नेपाल पञ्चाङ्ग निर्णयक समितिले…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालबाट डिस्चार्ज भएका पूर्वराजा ज्ञानेन्द्रलाई लिन पुगे पूर्व युवराज पारस

    अस्पतालबाट डिस्चार्ज भएका पूर्वराजा ज्ञानेन्द्रलाई लिन पुगे पूर्व युवराज पारस

    काठमाडौँ : मुटुको समस्याका कारण थापाथलीको नर्भिक अस्पतालमा बुधबार भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह आज अपराह्‍न डिस्चार्ज भएका छन्।  उनलाई लिन पूर्व रानी कोमल र पूर्व युवराज पारस शाह पनि पुगेका थिए। बाबु र छोराबीचको सम्बन्ध राम्रो नभएको हल्ला चलिरहेका बेला गगल्स लगाएका पारस उनलाई लिन अस्पताल परिसर पुगेका थिए।  पूर्व राजा अस्पतालबाट बाहिर निस्कने बित्तिकै पुष्पगुच्छासहित अस्पतालका कर्मचारीले विदाइ…

    विस्तृतमा पढ्नुस्

  • यसरी जलाइयो घण्टाकर्ण राक्षसलाई, हेर्नुस् २७ फोटो

    यसरी जलाइयो घण्टाकर्ण राक्षसलाई, हेर्नुस् २७ फोटो

    काठमाडौँ : काठमाडौँ उपत्यकामा शुक्रबार घण्टाकर्ण चतुर्दशी मनाइयो। साउन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन खासगरी काठमाण्डौं उपत्यका र देशविदेशमा रहेका नेवार समुदायमा यो चाड मनाइन्छ। काठमाडौँ उपत्यकामा यस पर्वलाई 'गठेमङ्गल' भन्ने गर्दछन्। 'गठेमङ्गल' पर्वका दिन एक जना व्यक्तिलाई घण्टाकर्ण नाम गरेको राक्षसको सन्तानको प्रतीक बनाई उसको काजक्रिया गर्ने भन्दै पैसा माग्न लगाइन्छ। राक्षसको पुत्ला बनाई जलाउने काम पनि गरिन्छ।  'गठेमङ्गल' पर्वका…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् म्यादी प्रहरीको आन्दोलन

    फोटोमा हेर्नुस् म्यादी प्रहरीको आन्दोलन

    काठमाडौं : स्थानीय तहको निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले भर्ती गरेको म्यादी प्रहरीले सरकारले दिने भनिएको सेवा सुविधा नपाएको भन्दै प्रर्दशन गरेका छन्। ललितपुर जिल्लामा खटिएका म्यादी प्रहरीहरु महानगरीय प्रहरी परिसर ललितपुर अगाडि प्रदर्शन गरेका हुन्। आफूहरुले खाजा र लत्ताकपडा वापतको रकम नपाएकाले प्रर्दशनमा उत्रिएको म्यादी प्रहरी नवराज अधिकारीले बताए। उनले भने, 'हामीले कुनै पनि सेवा सुविधाको रकम पाएनौं।' तत्काल…

    विस्तृतमा पढ्नुस्

  • जितको उल्लास : हेर्नुस् नौ फोटो

    जितको उल्लास : हेर्नुस् नौ फोटो

    देशका चार महानगरमध्ये सबैभन्दा पहिला मतगणना सुरु भएको ललितपुर महानगरपालिकाको परिणाम धमाधम आउने क्रममा छ। स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा रहेको हलमा भइरहेको मतगणनापछि वडाको परिणाम आउने क्रम जारी छ। वडाको परिणाम आउने बित्तिकै समर्थकहरु विजय र्‍याली निकाल्न थालिहाल्छन्।  बिहीबार राति एमालेले वडाअध्यक्षसहितको प्यानलमा विजय हात पारेपछि भएको नाचगान र र्‍याली यस्तो छ-  

    विस्तृतमा पढ्नुस्

  • ओलीले भक्तपुरमा गरे मतदान

    ओलीले भक्तपुरमा गरे मतदान

    भक्तपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गरेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ को बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको मतदान केन्द्र पुगेर ओलीले भोट खसालेका हुन्।  ओली यसअघि संविधानसभा निर्वाचनमा झापाबाट उम्मेद्वार बनेको भएपनि उनको स्थानीय तहको निर्वाचनका लागि नामावली भक्तपुरमा ल्याइएको थियो।  उनले सूर्यविनायक नगरपालिकाको मेयर, उपमेयर र वडा नम्बर २ का अध्यक्ष र…

    विस्तृतमा पढ्नुस्

  • उत्साहपूर्ण चुनाव, अलपत्र पाराको ब्यालेट बक्स कलेक्सन

    उत्साहपूर्ण चुनाव, अलपत्र पाराको ब्यालेट बक्स कलेक्सन

    काठमाडौं : देशका तीन प्रदेशमा उल्लासमय रुपमा आज निर्वाचन सम्पन्न भएको छ। चुनाव हुन्छ त भन्ने शंका र आशंकाबीच सरकारले सफल रुपमा निर्वाचन सम्पन्न गरेको छ। निर्वाचन सम्पन्न भएलगत्तै मतपेटिका संकलन गरेर मत गन्ने स्थानमा लगेको दृश्य भने टीठलाग्दो देखियो। भव्य रुपमा सम्पन्न चुनावका ब्यालेट बक्स कलेक्सनको हालत हेर्नुस् : 

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस्, बाह्र छोरो तेह्र नाती बुढाको धोक्रो काँधैमाथि

    फोटोमा हेर्नुस्, बाह्र छोरो तेह्र नाती बुढाको धोक्रो काँधैमाथि

    काठमाडौँ : बाह्र छोरो तेह्र नाती बुढाको धोक्रो काँधैमाथि भन्ने नेपाली उखान झैँ भएको छ ८४ बर्षीय रमा केसीलाई।  पशुपतिको वृद्धाश्रम अगाडिको सडकमा आँखै अगाडिबाट नै आफ्ना आमालाई भेट्न अपहार लिएर हिडेँकाहरुलाई देख्दा बुधबार उनको आँखा रसाए।  केसी आफ्ना सन्तान पनि यसरी नै भेट्न आउलान् कि भनेर बाटोमा टहलिरहेका थिइन्। उनका आँखा बाटोमा हिडिँरहेका अपरिचितका अनुहार तिर दौडिरहेका थिए।  गुल्मी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell