PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

१७ फोटोमा हेर्नुस् कृष्ण जन्माष्टमि यसरी मनाइयो

१७ फोटोमा हेर्नुस् कृष्ण जन्माष्टमि यसरी मनाइयो

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ : कृष्ण जन्माष्टमि सोमबार काठमाडौँ उपत्यकामा धूमधामका साथ मनाइयो। 

राष्ट्रपति विद्यादेवी भण्डारीले पाटन दरबार क्षेत्रमा अवस्थित मल्लकालीन कृष्ण मन्दिरमा पूजा अर्चना गरिन्। सो अवसरमा राष्ट्रपति भण्डारीले मन्दिरका पुजारी प्रतापधर शर्माबाट टीका तथा प्रसाद ग्रहण गरिन्। सिद्धिनरसिंह मल्लले विसं १६९३ मा शिखर शैलीमा बनाएको सत्रौँ शताब्दीको ढुङ्गै ढुङ्गाको २१ गजुरको सो मन्दिरसँगै रहेको ऐतिहासिक ढुङ्गेधाराको पनि अवलोकन गरेकी थिइन्। 

राष्ट्रपति भण्डारीलाई महानगर प्रमुख चिरिबाबु महर्जन र उपप्रमुख गीता सत्याल, सांसद सिद्धिलाल सिंह, चन्द्र महर्जन, उदयशम्शेर राणा र सुशीला नेपाल, प्रजिअ राजकुमार श्रेष्ठलगायतले स्वागत गरेका थिए।  


ट्रेन्डिङ पोस्ट

Ncell