PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

ओलीले भक्तपुरमा गरे मतदान

ओलीले भक्तपुरमा गरे मतदान

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गरेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ को बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको मतदान केन्द्र पुगेर ओलीले भोट खसालेका हुन्। 

ओली यसअघि संविधानसभा निर्वाचनमा झापाबाट उम्मेद्वार बनेको भएपनि उनको स्थानीय तहको निर्वाचनका लागि नामावली भक्तपुरमा ल्याइएको थियो। 

उनले सूर्यविनायक नगरपालिकाको मेयर, उपमेयर र वडा नम्बर २ का अध्यक्ष र सदस्यहरुलाई चुन्न मतदान गरेका हुन्। 
 


ट्रेन्डिङ पोस्ट

Ncell