PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

वर्षमा एक दिन आज मात्र खुल्ने तलेजु भवानी मन्दिरमा लाग्यो दर्शनार्थीको घुइँचो

वर्षमा एक दिन आज मात्र खुल्ने तलेजु भवानी मन्दिरमा लाग्यो दर्शनार्थीको घुइँचो

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आज आश्विन शुक्ल नवमी। नवरात्रको अन्तिम दिन अर्थात् महानवमी। बडादशैँको महानवमी आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा र बलि दिएर धुमधामका साथ मनाइँदैछ।
 
महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा हुन्छ। हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजा सहित जङ्गी निशान पूजा र कोतपूजा गर्ने प्रचलन छ।
 
कालरात्रिका अवसरमा हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइएको छ। यहीँ रहेको तलेजु भवानीको मन्दिर भने वर्षमा एकपटक महानवमीकै दिन मात्र खुल्ने भएकाले बिहान सबेरैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ।

आज करिब ७० हजारदेखि ८० हजारले उक्त मन्दिरमा दर्शन गर्ने अनुमान गरिएको छ। वर्षमा एकपटक मात्र सो मन्दिर खोलिने भएकाले काठमाडौं उपत्यका तथा त्यस आसपास क्षेत्रका दर्शनार्थीको समेत सहभागिता बढ्छ।

पुराना सामाग्री



ट्रेन्डिङ पोस्ट

Ncell