PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

२७ वर्षपछिको संयोग: नागपञ्चमीमै फेरियो जनै

२७ वर्षपछिको संयोग: नागपञ्चमीमै फेरियो जनै

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ: तिथिमिति अनुसार आज साउन शुक्ल पञ्चमी नागपञ्चमी हो। तर, साउन शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पनि आजै मनाइएको छ। २७ वर्षपछि नागपञ्चमीका दिन जनै फर्ने संयोग परेको हो। 

साउन शुक्ल पूर्णिका दिन खण्डग्रास चन्द्रग्रहण परेकाले साउन शुक्ल पञ्चमी (नागपञ्चमी)का दिन नै रक्षाबन्धन र नयाँ जनै फेरिएको हो। देवालय तथा मठ मन्दिरमा पुगेर सर्वसाधरणले जनै फेरेका छन्।

नेपाल पञ्चाङ्ग निर्णयक समितिले चन्द्रग्रहण परेकाले नागपञ्चमीका दिन नै ऋषितर्पणी, रक्षाबन्धन र सवै उपकर्मका लागि उपयुक्त तिथि रहेको जनाएको छ।

समितिले यसअघि पनि बि.सं. १९६३, १९८२, २०२८ र २०४७ मा जनैपूर्णिमाका दिन ग्रहण परेकाले नागपञ्चमीका दिन नै नयाँ जनै फेर्ने, रक्षाबन्धन गर्ने उपकर्म गरिएको जनाएको छ।

जनै फेर्नका लागि पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको बाक्लो उपस्थिति थियो। भक्तजनको उपस्थिति तस्बिरमा हेर्नुहोस्।

 



ट्रेन्डिङ पोस्ट

Ncell