PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

फोटोमा हेर्नुस् सेनाको फूलपाती बढाइँ

फोटोमा हेर्नुस् सेनाको फूलपाती बढाइँ

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ : नेपाली सेनाले फूलपातीको अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी  टुँडिखेलमा  आयोजित फूलपाती बढाइँ समारोहमा सरिक भइन्।  नेपाली सेनाका तर्फबाट राइफल र तोपको बढाइँ गरिएको थियो। राइफल बढाइँ अन्तर्गत छिटो लहरे बढाइँ,  एकसाथ लहरे बढाइँ, एकठ्ठा बढाइँ र आफूखुशी बढाइँ गरिएको थियो। साथै १५ तोपको लहरे र पाँच तोपको एकट्ठा बढाइँ पनि गरिएको थियो।

सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका सबै गुल्मले एकैसाथ बढाइँ, मार्च पास गर्दै बढाइँ र नेपालको झण्डाको आकृति चिह्न बनाएर बढाइँ प्रस्तुत गरिएको थियो।

सभामुख ओनसरी घर्तीमगर, मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न पेसा व्यवसायसँग सम्बद्ध महानुभाव पनि सैनिक मञ्च टुँडिखेल पुगेर फूलपाती बढाइँको अवलोकन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell