PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

फोटोमा हेर्नुस्, बाह्र छोरो तेह्र नाती बुढाको धोक्रो काँधैमाथि

फोटोमा हेर्नुस्, बाह्र छोरो तेह्र नाती बुढाको धोक्रो काँधैमाथि

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ : बाह्र छोरो तेह्र नाती बुढाको धोक्रो काँधैमाथि भन्ने नेपाली उखान झैँ भएको छ ८४ बर्षीय रमा केसीलाई। 

पशुपतिको वृद्धाश्रम अगाडिको सडकमा आँखै अगाडिबाट नै आफ्ना आमालाई भेट्न अपहार लिएर हिडेँकाहरुलाई देख्दा बुधबार उनको आँखा रसाए। 

केसी आफ्ना सन्तान पनि यसरी नै भेट्न आउलान् कि भनेर बाटोमा टहलिरहेका थिइन्। उनका आँखा बाटोमा हिडिँरहेका अपरिचितका अनुहार तिर दौडिरहेका थिए। 


गुल्मी जिल्ला स्थायी घर भएकी रमादेवि बुढेसकालका साहारा होलान् भनेका छोराछोरीले नै छोडेपछि ४ बर्षदेखी पशुपतिको बुद्धआश्रम बस्छिन्। तर आमाको मुख हेर्ने दिन त छोराछोरीले सम्झेलान् भन्ने आशा उनको अझै छ। 

'के गर्नु बाबु छोराछोरी नाति नातिना पनातिसम्म छन् नि तर अहिले एकलै भएको छु,' रुन्चे स्वरमा उनले भनिन, 'चार्डपर्व आउँदा उनिहरुको याद आउँदो रहेछ। बोल्दै गर्दा उनी सुकसुकाउन थालिन्। 

रमा मात्र होइन बुधवार पशुपति आश्रममा भएका धेरै मन कुडाउँदै आफन्त र सन्तान कुर्दै थिए। १७ बर्षदेखि आश्रममा बस्दै आएकी बुद्धा लक्ष्मीको पनि गुनासो उस्तै छ। 'जन्मायो हुर्कायो अहिले कोही न कोही,'  तर उनलाई अहिले आश्रम प्यारो लाग्न थालेको छ। अपरिचितहरु नै अहिले उनिहरुको सहारा र साथी भएका छन्।


हेर्नुस् वृद्धाश्रमको फोटो - 

 


ट्रेन्डिङ पोस्ट

Ncell