PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

प्रधानमन्त्री देउवा अमेरिकातिर

प्रधानमन्त्री देउवा अमेरिकातिर

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका प्रस्थान गरेका छन्।  संयुक्त राष्ट्र संघको ७२औं महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी न्यूयोर्क गएका हुन्। 

देउवालाई उपप्रधानमन्त्रीहरु विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, सभामुख ओनसरी घर्तीलगायत मन्त्रीहरुले विमानस्थल पुगी विदाइ गरे। विदाइ समारोहमा उच्च पदस्थ अधिकारीहरु समेत सहभागी थिए। 

देउवा इत्तिहाद एयरको उडान नम्बर २९१ बाट अमेरिका लागेका हुन्।

प्रधानमन्त्री देउवाले सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 

अमेरिका रहँदा उनले विभिन्न देशका राष्ट्र प्रमुखसँग द्वीपक्षीय वार्ता गर्ने कार्यक्रम छ। 

प्रधानमन्त्री देउवासँग नेपाली प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, महिला, बालबाललिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत उच्च सरकारी अधिकारी सहभागी हुनेछन्।

प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर २८ मा स्वदेश फर्कने कार्यक्रम छ।


ट्रेन्डिङ पोस्ट

Ncell