PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

फ्रान्समा ट्रक ठोक्काएर गरिएको हमलामा ८० को मृत्यु



पहिलोपोस्ट

फ्रान्समा ट्रक ठोक्काएर गरिएको हमलामा ८० को मृत्यु

फ्रान्स : फ्रान्सको राष्ट्रिय दिवस बास्टिल मनाइरहेका बेला भिडमा ट्रक ठोक्काउँदा ८० जना मारिएका छन्।

दक्षिणी सहर नीसमा भएको सो हमलामा बन्दुकधारी आतंकवादी संलग्न रहेको बताइएको छ। घटनामा ५० जना घाइते भएका र १८ जनाको अवस्था गम्भीर छ।

बास्टिल फ्रान्सको राष्ट्रिय दिवस पनि हो। त्यहाँ मानिसहरु आतिसबाजी पड्काएर रमाइरहेका थिए। भिडमा सुनियोजित रुपमा ठोक्काइएको सो ठूलो लरी ट्रकभित्र बन्दुक, ग्रिनेड जस्ता विस्फोटक पदार्थ फेला परेको समाचार एजेन्सीहरुले जनाएका छन्।


फ्रान्सका राष्ट्रपति फ्रान्सिस होल्यान्डले सो घटना आतंकवादी प्रकृतिको भएको प्रतिक्रिया दिएका छन्।

गएको नोभेम्बरमा पनि पेरिसमा भएको आतंकवादी हमलामा १७० जनाको ज्यान गएको थियो।

फोटो : रोयटर्स                       
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell