PahiloPost

Dec 31, 2024 | १६ पुष २०८१

बजेटका आश्रित विधेयक पारित गर्न नदिने माओवादी केन्द्रको निर्णय



मनोज सत्याल

बजेटका आश्रित विधेयक पारित गर्न नदिने माओवादी केन्द्रको निर्णय

काठमाडौँ : नेकपा माओवादी केन्द्रले बजेटसँग आश्रित विधेयकहरु पास गर्न नदिने निर्णय गरेको छ। अविश्वासको प्रस्ताव संसदमा पेश भइसकेको अवस्थामा अन्य विधेयक पारित गर्न नमिल्ने माओवादी केन्द्रको तर्क छ।  

'ओली सरकार अल्पमतमा परिसकेको छ। अविश्वासको प्रस्ताव दर्ता छ,' प्रवक्ता पम्फा भुषालले पहिलोपोस्टसित भनिन्, 'त्यसको प्रक्रिया पूरा गरेपछि मात्र अर्थसम्बन्धी विधेयक पास गर्न दिने निर्णय भयो।'

बुधबारको संसद बैठकमा पनि कांग्रेस र माओवादी केन्द्रले विधेयकको प्रक्रिया अगाडि नबढाउन आग्रह गरेका थिए। सभामुखले छलफल गर्ने भन्दै संसद बैठक नराख्दा समय गुज्रिएको थियो। सत्तारुढ एमाले र राप्रपा नेपाल लगायतले संसद सुरु गर्न पटक-पटक गरेको आग्रह सभामुख ओनसरी घर्तीले स्वीकार गरिनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आश्रित विधेयक पास गर्ने विषयमा सभामुखसँग छलफल गर्ने संसदीय दलको बैठकमा बताएका थिए।

बजेटसँग सम्बन्धित आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत एक्काइसौँ संशोधन विधेयक २०७३ पारित गर्न बाँकी रहेको छ।


गठनबन्धनलाई सहयोगको आग्रह गर्ने

यस्तै, माओवादी केन्द्रले कांग्रेससँगको नयाँ गठबन्धनलाई सहयोग गर्न संसदका अरु दलहरुलाई आग्रह गर्ने भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बसेको पार्टी हेडक्वाटरको बैठकले नयाँ सत्ता गठबन्धनमा सहयोगका लागि अन्य दललाई पनि आग्रह गर्ने निर्णय गरेको हो।

बैठकले छलफलको जिम्मा भने पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell