PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

सालकको खपटा सहित दुई जना पक्राउ



पहिलोपोस्ट

सालकको खपटा सहित दुई जना पक्राउ

काठमाडौं : सालकको खपटा सहित दुई जना पक्राउ परेका छन्।

संरक्षित वन्यजन्तुको सूचीमा रहेकको सालकको खपटाको अवैध ओसारपसार गर्दै आएका दुई जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।



सिन्धुपाल्चोक भीमटार-५ का ३३ वर्षीय प्रकाश दनुवार र सोही गाविस वार्ड नम्बर ७ का २९ वर्षीय अर्जुन दनुवार रहेका छन्। उनीहरुलाई कागेश्‍वरी मनोहरा नगरपालिका-१२ बाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो।
 
उनीहरुको साथबाट एक थान सालकको खपटा बरामद गरिएको छ। जिल्ला वन कार्यालय, हात्तिसार बुझाएको उनीहरुलाई राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (२) अन्तर्गत मुद्दा चलाइनने प्रहरी वरिष्ठ उपरीक्षक तारिणीप्रसाद लम्सालले बताए। संरक्षित वन्यजन्तु सालक मार्ने तथा गैरकानुनी रूपमा यसका अंगहरू खारिदबिक्री, ओसारपोसार, तस्करी गर्नेलाई ४० हजारदेखि ७५ हजार रूपैयाँसम्म जरिवाना वा १ देखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell