PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

‘झुल्केको घाम’मा झुल्किइन् रीमा विश्वकर्मा



पहिलोपोस्ट

‘झुल्केको घाम’मा झुल्किइन् रीमा विश्वकर्मा

काठमाडौं : विवाहपछि फिल्म क्षेत्रबाट टाढिने अभिनेत्रीहरु धेरै छन्। एनआरएनसँग विवाह गरेर विदेशमै बस्नेहरुहरु पनि नभएका होइनन्। तर, अभिनेत्री रीमा विश्वकर्माको जीवनमा भने त्यसो भएन। बेलायतमा बस्दै आएका प्रेमीसँग वैवाहिक सम्बन्ध गाँसे पनि उनि नेपाली कला क्षेत्रमै समय दिँदै आएकी छिन्। म्युजिक भिडियोमा उनको व्यस्तता बढिरहेको छ।
 
यति बेला रीमा गायक अशोक मुकारुङको ‘झुल्केको घाम’ बोलको गीतमा देखा परेकी छिन्। उनलाई साथ दिएका छन्, मोडल योगेन्द्र राईले। विज्ञान राईले सो गीतको भिडियो निर्देशन गरेका हुन्। भिडियोमा रीमा र योगेन्द्रको प्रेम र विछोडको कथालाई देखाउन खोजिएको छ।
 
यसमा वसन्त मुकारुङको संगीत र गौरव गुरुङले शब्द छ। भिडियोको सम्पादन पनि निर्देशक राईले नै गरेका हुन्।

म्युजिक भिडियोमा हेर्नुस् रीमाको पुनरागमन-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell