PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

अत्यधिक खोजीको सूचीमा सन्नी लियोन र सलमान



पहिलोपोस्ट

अत्यधिक खोजीको सूचीमा सन्नी लियोन र सलमान

काठमाडौं : १० वर्षयता इन्डियन अनलाइनमा अत्यधिक खोजिएका सेलिब्रिटीमा बलिउड स्टार सलमान खान र सन्नी लियोनको नाम अगाडि देखिएको छ।
 
सर्च इन्जिनमा सबैभन्दा धेरै पटक यी दुई बलिउड कलाकार खोजिएको तथ्य गुगलले सार्वजनिक गरेको हो।
 
सलमानपछि शाहरुख खान र अक्षय कुमार पनि खोजीको सूचीमा अगाडि रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ। त्यस्तै अभिनेता अमिताभ बच्चन चौथो र रजनिकान्त पाँचौ स्थानमा रहेका छन्। अभिनेत्रीतर्फ भने कट्रिना कैफ दोस्रो, करिना कपुर तेस्रो, काजल अग्रवाल चौथो र दीपिका पादुकोण पाँचौ स्थानमा रहेका छन्।
 
धेरै पटक इन्टरनेटमा खोजिएका बलिउड क्लासिक अभिनेता-अभिनेत्रीमा अमिताभ बच्चन पहिलो स्थानमा रहे। त्यस्तै अभिनेत्रीतर्फ रेखा शीर्ष स्थानमा रहिन्।
 
१० वर्षयता धेरै पटक खोजिएको फिल्ममा भने 'पिके' पहिलो नम्बरमा रह्यो। काहानी दोस्रो, बाहुबली तेस्रो, आशिकी-२ चौथो र धुम-३ पाँचौ स्थानमा रहे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell