PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

संसद आज पनि बस्न सकेन, साउन ६ गतेसम्मका लागि सूचना टाँसेर स्थगित



मनोज सत्याल

काठमाडौँ : व्यवस्थापिका संसदको बैठक आज पनि बस्न सकेन। सूचना टाँस गरेर बैठक साउन ६ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। 

आज बस्ने भनिएको बैठकका लागि कार्यसूचीसमेत प्रकाशित भइसकेको अवस्थामा  विशेष कारणवश भन्दै संसदका महासचिव मनोहरप्रसाद भट्टराईले सूचना टाँस गरी बैठक स्थगित भएको जानकारी गराएका हुन्।

यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दल एमाले र राप्रपा नेपालले बैठक राख्नुपर्ने सुझाव सभामुखलाई दिएका थिए। माओवादी केन्द्र र कांग्रेसले  भने पहिला अविश्वास प्रस्तावको टुङ्गो लाग्नुपर्ने बताउँदै आएको छ। माओवादी केन्द्रले बजेटका बाँकी विधेयक अविश्वास प्रस्तावको टुङ्गो नलागी पारित हुन नदिने निर्णय गरेको थियो। 

समितिको बैठकमा सभामुख ओनसरी घर्तीले उचित निर्णय गर्ने बताएकी थिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell