PahiloPost

Jun 15, 2026 | १ असार २०८३

६ गते संसद बोलाएकोमा एमाले असन्तुष्ट, ढकाल भन्छन्- कन्फ्रन्टेसनको रहर लागे हामी तयार छौँ



मनोज सत्याल

६ गते संसद बोलाएकोमा एमाले असन्तुष्ट, ढकाल भन्छन्- कन्फ्रन्टेसनको रहर लागे हामी तयार छौँ

काठमाडौँ : बजेट आश्रित विधेयकहरु पारित नगरी संसद बैठक स्थगित गरी साउन ६ गते अविश्वास प्रस्तावबारे छलफल गर्न सभामुखले समय तोकेकोमा एमालेले असन्तुष्टि जनाएको छ। 

एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले सभामुखको निर्णयले कन्फ्रन्टेसन (भिडन्त) निम्त्याएको प्रतिक्रिया दिए। 'कन्फ्रन्टेसनको रहर लागे हामी तयार छौँ', ढकालले सञ्चारकर्मीहरुलाई बताए। 

यसअघि बिहीबार संसदीय दलको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावको सामना गर्न र देशमा एमाले भन्ने पार्टी पनि छ भनेर देखाउन निर्देशन दिएका थिए।

ढकालले भने, 'अविश्वास प्रस्तावको सूचना मात्र प्राप्त भएको हो। अहिले नै सरकार अल्पमतमा पर्‍यो भन्ने हैन। कुनै पानी ज्योतिषीले पानी पर्‍यो भन्दैमा पानी पर्छ भन्ने छैन।' 

यसबारेमा कांग्रेस नेता रामचन्द्र पौडेलसित प्रतिक्रिया माग्दा उनले भने, जसो जसो बाहुन बाजे उसो उसो स्वाहा ! अब सभामुखले ६ गते भन्नुभयो, ६ गते छलफल हुन्छ।

'एमाले र अरु दलको बीचमा कुरा नमिल्दा मिति तय गरेको हो। बैठकको मिति तय गर्ने सभामुखको विशेषाधिकारलाई चुनौति दिने पक्षमा हामी छैनौँ', उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell