PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

​किन टुट्यो ओलीसँग प्रेम? प्रचण्डले खोले रहस्य



सविन ढकाल

​किन टुट्यो ओलीसँग प्रेम? प्रचण्डले खोले रहस्य

काठमाडौँ :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले शुक्रबार साँझ लाजिम्पाटस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै ओलीसँगको प्रेम टुट्नुको रहस्य खोलेका छन्। 

'ओलीको गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विरोधीसँग गहिरो प्रेम बस्न पुग्यो,' ओली सरकारको समर्थन फिर्ता लिनुपर्ने कारण खुलाउँदै उनले भने, 'प्रेम भन्ने कुरा केही भावना र विचार मिलेपछि त हुने हो नि गहिरो।'

'यही राजनीतिक कुरामा बेमेल देखेपछि हामीले समर्थन छोडेका हौँ,' उनले भने। अहिले राष्ट्रियता झुटो भ्रम फैलाएर देशलाई विखण्डनतर्फ लग्न खोजिएको उनले आरोप लगाए। देशका राजनीतिक मुद्दालाई सम्बोधन नगरेर देशलाई प्रतिगमनतिर लैजाने प्रयास भएको उनले बताए।

ओलीको सरकार अल्पमतमा परिसकेकोले कुनै महत्वपूर्ण निर्णय गर्न नपाउने उनले बताए। 

प्रधानमन्त्री ओलीको काम गर्ने शैली आत्मकेन्द्रित रहेको बताउँदै उनले भने, 'भारतका लागि नेपाली राजदूत दीपकमार उपाध्यायलाई फिर्ता बोलाउने कुरामा पनि उहाँले हामीलाई सोध्न जरुरी सम्झनु भएन। हामी सरकारमा हुँदा त सोध्नु भएन, अहिले त जे गर्दा पनि हुन्छ भन्ने लागेको होला। तर यो प्रवृत्ति उहाँलाई नै घातक हुन्छ। 

आफूहरुसित कुनै सल्लाह नगरी ओली आफूखुसी अगाडि बढेकोले नै आफ्नो मुद्दासँग जो नजिक छ उसित गठबन्धन बनाउन बाध्य भएको प्रचण्डले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell