PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

३ घण्टा ३३ मिनेट लगाएर बहिनीको किड्नी दाइमा प्रत्यारोपण



पहिलोपोस्ट

३ घण्टा ३३ मिनेट लगाएर बहिनीको किड्नी दाइमा प्रत्यारोपण

काठमाडौँ : नेपालमै पहिलो पटक निजी अस्पतालले मृगौला प्रत्यारोपण गरेको छ। काठमाडौंको ग्राण्डी इन्टरनेशनल हस्पिटलले रविन लामाको मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हो।

एक महिना अघि हात सुन्निने, पिसाब रोकिने समस्या ओम अस्पताल पुगेपछि किड्नी फेल भएको पुष्टि भएको थियो। लगत्तै लामा ग्राण्डीमा उपचारका लागि भर्ना भएका थिए। डाक्टर प्रा. डा. प्रेमराज ज्ञवाली र प्रा.डा. दिव्या सिंहको टोलीले सफल शल्यक्रिया गरेका हुन्।

त्यस्तै एनेस्थेसियाको उपचारको नेतृत्व भने मुरारीराज उप्रेतीले गरेका थिए। शल्यक्रियामा संलग्न डाक्टर प्रेमराज ज्ञवालीले मृगौला प्रत्यारोपण गर्न ३ घण्टा ३३ मिनेट लागेको जानकारी दिए। लामालाई उनकै बहिनी उमा लामाले किड्नी दिएकी थिइन्।

राजधानीको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा यस अघिनै मृगौला प्रत्यारोपण सुरु भइसकेको छ। तर अस्पतालले सातामा बुधबार मात्र शल्यकृया गर्दै आएको छ।

ग्राण्डीले दैनिक रुपमा मृगौला प्रत्यारोपणको सेवा उपलब्ध गराउने डाक्टर दिव्या सिंहले बताइन्। मृगौला प्रत्यारोपणमा पाँच लाख ७५ हजार लाग्ने अस्पतालले जनाएको छ।











@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell