PahiloPost

Jun 16, 2025 | २ असार २०८२

टर्कीको 'सैनिक कू' नियन्त्रणमा लिइएको राष्ट्रपतिको दाबी



पहिलोपोस्ट

टर्कीको 'सैनिक कू' नियन्त्रणमा लिइएको राष्ट्रपतिको दाबी

टर्कीका राष्ट्रपति रिसेप ताइप एर्डोगनले टर्कीमा लगाइएको भनिएको सैनिक कू नियन्त्रणमा लिएर विफल बनाइएको बताएका छन्।
 
एक सैनिक समूहले इस्तानबुल र अंकरा कब्जा गर्दै सत्ता हातमा लिने प्रयास गरेको थियो। गएराति सुरु भएको सो घटनामा अहिलेसम्म ९० जना मारिएका छन्। १५ सय सैनिकहरुलाई नियन्त्रणमा लिइएको सरकारी अधिकारीहरुले जनाएका छन्। घटनामा एक हजारभन्दा बढी घाइते भएका छन्।
 
प्रधानमन्त्री बिनाली यिल्डिरिमले पनि अब सबै घटनालाई नियन्त्रणमा लिइएको दाबी गरेका छन्।
 
शनिबार बिहान अंकराको आकाशका उडिरहेको कूका लागि प्रयोग गरिएको हेलिकोप्टर खसालिएको समेत उनले बताए।  
 
 
 
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell