PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

कांग्रेस नेता पौडेलको चेतावनी- 'शासकीय संरचना भत्काए मुलुक ठूलो दुर्घटनामा'



पहिलोपोस्ट

कांग्रेस नेता पौडेलको चेतावनी- 'शासकीय संरचना भत्काए मुलुक ठूलो दुर्घटनामा'

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको वर्तमान शासकीय संरचना भत्काए मुलुक ठूलो दुर्घटनामा पर्ने चेतावनी दिएका छन्।
 
आज राजधानीमा नेपाली कांग्रेसका स्वर्गीय नेता चक्रमान डंगोल स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो चेतावनी दिएका हुन्। प्रजातान्त्रिक परिपाटीमा सरकार परिर्वतन सामान्य भएको भन्दै उनले नेकपा एमालेलाई संविधान कार्यान्वयनमा सहयोग गर्न आह्वान समेत गरे।
 
दलहरु सत्ताको मोहलाई हेरेर मात्रै एकापसमा एकता हुनेभन्दा पनि संविधान कार्यान्वयको विषयमा एकजुट हुनुपर्नेमा उनले जोड दिए। 'नेपाली कांग्रेसको पहिलो प्राथमिकता नै संविधान कार्यन्वय हो,' उनले भने, 'सत्ताबाहिर वा भित्र जहाँ भए पनि कांग्रेसको पहिलो काम नै संविधान कार्यान्वयन हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell