PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

जिका भाइरसका कारण टेनिस स्टार मिलोस राअोनिक र सिमोना हालेपले रियो ओलम्पिक नखेल्ने



पहिलोपोस्ट

जिका भाइरसका कारण टेनिस स्टार मिलोस राअोनिक र सिमोना हालेपले रियो ओलम्पिक नखेल्ने

ब्राजिलमा रियो ओलम्पिक सुरु हुन करिब तीन साता बाँकी छ। खेलकुदको महाकुम्भ ओलम्पिकमा भाग लिने र मेडल जित्ने सबै खेलाडीको चाहना हुन्छ। तर अहिले केही खेलाडी जिका भाइरस संक्रमणका कारण ओलम्पिक नखेल्ने घोषणा गर्दैछन्।
 
यस्तो घोषणा गर्ने पछिल्ला खेलाडी हुन्, टेनिसस्टारद्वय मिलोन राओनिक र सिमोना हालेप।
 
गत साता मात्र विम्बलडन ओपनको फाइनलमा एण्डी मुरेसँग पराजित हुँदै उपविजेता बनेका राओनिकले फेसबुक मार्फत आफूले रियो ओलम्पिक नखेल्ने घोषणा गरेका हुन्।
 

विश्व नम्बर-७ क्यानेडियन खेलाडी राओनिकले जिका भाइरस र स्वास्थ्यका कारण देखाउँदै आगामी महिना सुरु हुने ओलम्पिक नखेल्ने उल्लेख गरेका छन्।
 
यस्तै विश्व नम्बर-५ महिला टेनिस खेलाडी सिमोना हालेपले पनि फेसबुक मार्फत आफ्ले रिओ ओलम्पिक नखेल्ने बताएकी हुन्।
 

यसअघि नै अमेरिकी खेलाडी जोन इसनर, अष्ट्रियाका डोमिनिक थिएम, अस्ट्रेलियाका बर्नाड टोमिक र निक किर्गिओस, स्पेनका फर्नान्डो फर्डास्कोले विभिन्न कारण देखाउँदै रिओ ओलम्पिक नखेल्ने बताइसकेका छन्।
 
नाडीको चोटका कारण फ्रेन्च ओपन खेल्न नसकेका स्पेनका राफेल नाडालले भने रिओ ओलम्पिक खेल्ने बताएका छन्। सन् २००८ को बेइजिङ ओलम्पिकमा गोल्ड मेडल जितेका नाडालले चोटकै कारण २०१२ को लण्डन ओलम्पिक गुमाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell