PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

'झर्ला र खाऊँला भन्नेहरु हो, मर्ला र खाऊँला भन्नेहरु हो, केसी गल्ने छैनन्…'

'झर्ला र खाऊँला भन्नेहरु हो, मर्ला र खाऊँला भन्नेहरु हो, केसी गल्ने छैनन्…'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सात दिनदेखि आमरण अनसनमा बसिरहेका प्राडा गोविन्द केसीको समर्थनमा आज राजधानीमा युवाहरुले प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागीले 'आइएम विथ जिकेसी', 'माथेमा प्रतिवेदन कार्यान्वयन गर', 'शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप अन्त्य गर' लगायतका प्लेकार्ड बोकेका थिए। सडकमा सुतेर समेत उनीहरुले व्यंगात्मक शैलीमा चेकअप गरे। कतिपय भने 'आइएम पागल' भन्दै व्यंगात्मक प्रचार सामग्रीसहित प्रदर्शनमा सहभागी भएका थिए।

'झर्ला र खाऊँला भन्नेहरु हो
मर्ला र खाऊँला भन्नेहरु हो
केसी गल्ने छैनन्
केसी मर्ने छैनन्' लगायतका काव्यात्मक हरफ लेखिएका प्लेकार्ड समेत उनीहरुले लिएर आएका थिए।

माइतीघर मण्डलाबाट उनीहरुको र्याशली सुरु भएको थियो। 

मेडिकल क्षेत्रमा व्याप्त भ्रष्टाचार र बेथितिको अन्त्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथि महाभियोग लगाउनुपर्ने लगायतका मुख्य ४ बुँदे माग राखी केसी असार २६ गतेदखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनसन बसिरहेका छन्।

फोटोमा हेर्नुस् प्रदर्शनका दृश्यहरु-


ट्रेन्डिङ पोस्ट

Ncell