PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

मिस्टर नेपाल गणेश अग्रवाल मिस्टर वर्ल्डको र्‍याम्पमा सहभागी हुँदै



पहिलोपोस्ट

मिस्टर नेपाल गणेश अग्रवाल मिस्टर वर्ल्डको र्‍याम्पमा सहभागी हुँदै

काठमाडौं : 'मिस्टर नेपाल २०१६’ का विजेता गणेश अग्रवाल मिस्टर वर्ल्डको र्‍याम्पमा सहभागी हुने भएका छन्। मिस्टर नेपाल आयोजक संस्था एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले उनलाई बिदाइ गरे।
 
जुलाई १९ बाट इंगल्याण्डको साउडपोर्टमा आयोजना हुने मिस्टर वर्ल्ड २०१६ मा  नेपालको प्रतिनिधित्व गर्दै अग्रवाल त्यसतर्फ गएका हुन्।

१६ प्रतियोगीलाई पछि पार्दै ‘मिस्टर नेपाल २०१६’ का विजेता बनेका अग्रवालले जापान, अमेरिका , भारत लगायत ५० देशका प्रतियोगीसँग उपाधिका लागि स्पर्धा गर्नेछन्।
 
आधुनिक डिजाइनमा तयार पारिएका नेपाली पहिरनमा सजिएर र्‍याम्पमा प्रस्तुत हुन लागेका उनले कार्यक्रममा नेपाललाई महिला सशक्तिकरणमा अगाडि लाने विषयमा आफ्ना विचार राख्नेछन्।
 
लामो समयको कसरतपछि यस वर्षबाट मिस्टर नेपालको विजेतालाई मिस्टर वर्ल्डमा पठाउन सफल भएको आयोजक संस्थाका अध्यक्ष शाहीले बताए।

सन् २००२  बाट नियमित रुपमा आयोजना हुँदै आएको मिस्टर नेपालमा अहिलेसम्म रोहित थेवे, जीवन लुइटेल, गौतम सुवेदी, उज्ज्वल कार्की, सुमेस घिमिरे, डा. आयुष्मान कार्की, सुरेश गौली, सुरज चिलवाल, सन्दिप पोखरेल विजेता बनिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell