
काठमाडौं : भोलि हुने भनिएको दुई न्यायाधीशको संसदीय सुनुवाइ स्थगित भएको छ।
सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित दीपककुमार कार्की र केदारप्रसाद चालिसेमाथिको संसदीय सुनुवाइको कार्यसूची भोलि तोकिएको थियो।
आज एक सूचना प्रकाशित गर्दै बैठक स्थगित गरिएको जानकारी गराइएको हो। अर्को सूचना नभएसम्मका लागि सुनुवाइको कार्यक्रम स्थगित गरिएको व्यवस्थापिका संसदको संसदीय सुनुवाइ विशेष समितिले जनाएको छ।