PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

​सावधान, बाइक चढेर सुनको सिक्री लुट्ने गिरोह राजधानीमा सक्रिय



सविन ढकाल

​सावधान, बाइक चढेर सुनको सिक्री लुट्ने गिरोह राजधानीमा सक्रिय


काठमाडौँ : साँझको ५ बजेको थियो। वरपरको वातावरण सुनसान झैँ थियो। पार्वती खनाल सामाखुशीको पवित्र नगर टोलमा हिँडिरहेकी थिइन्। पछाडिबाट एउटा मोटरसाइकलले उनलाई पछ्याइरहेको उनले चालै पाएकी थिइन। 

मोटरसाइकलमा दुई जना युवक थिए। मोटरसाइकल चलाउनेले अनुहार नदेख्ने गरी हेल्मेट लगाएका थिए। पछाडि बस्नेले पनि अनुहार नचिनिने गरी मुखमा मास्क लगाएको थियो।  

पार्वतीकै छेउमा लगेर उनीहरुले बाइकको गति केही कम गरे। मोटरसाइकल पछाडि बस्नेले पार्वतीले घाँटीमा लगाएको २ तोला बराबरको सुनको सिक्री जबर्जस्ति थुते, अनि बाइक हुइँक्याए। 

पार्वती चिच्चाइन् तर कसले सुन्ने र सुने पनि को दौडिने?

पार्वती मात्र होइन राजधानीमा पछिल्लो समयमा यसरी धेरैको सुनको गहना लुटिएको छ।  सामाखुशी रानीबारीस्थित शर्मिला विकको घाँटीमा रहेको दुई तोला सुनको लकेटसहितको सिक्री पनि यसरी नै दिउँसो २ बजेतिर लुटिएको थियो। 

तीन महिनाको अवधिमा मात्र कमलादेवी केसी, सुन्द्रा श्रेष्ठ, कृष्णा बल लामा,  यमकुमारी पोख्रेल, सुशिला तामाङ  लगायत ९ जना महिलाले यसरी नै मोटरसाइकलमा आएका केटाहरुले हिँडिरहेको अवस्थामा नै सिक्री लुटेको भनेर उजुरी दिएका छन्। 

यो त उजुरी दिनेका सङख्या मात्र हो। राजधानीमा दिउँसो यसरी गहना लुटिने क्रम बढेको र यस्ता लुटेराले महिलालाई नै शिकार बनाउने गरेको एसएसपी शरद चन्द बताउँछन्। उनी भन्छन्, 'महिलाले नै बढी गहना प्रयोग गर्ने र तत्काल प्रतिक्रिया दिन नसक्ने हुँदा उनीहरु नै लुटेराको शिकार बन्ने गरेका छन्।'  

कुन ठाउँ बढी टार्गेट?

लुटेर लगेका यस्ता गहना उनीहरुले सुन पसलेलाई कम मूल्यमा बेच्ने गरेको खुल्न आएको छ। राजधानीका व्यस्त स्थानहरु सामाखुसी, बौद्ध, कलंकी, बानेश्वर लगायतका स्थान लुटेराको पहिलो रोजाइमा पर्ने गरेका छन् ।  बाईकमा दुइ जना वस्ने पछाडी वस्नेले गहना लुट्ने अनि भाग्ने गरेको एससपी चन्द बताउँछन्।
 
बाइकमा मोमेन्ट चाँडो हुने भएकाले उनीहरुले बाइकलाई साधन बनाउने उनको भनाई छ। 

कुन समयमा बढी हुन्छ?

यस्ता घटनाको तथ्याङ्क विश्लेषण गर्दा दुई समयमा बढी लुटिने गरेको छ। एउटा हो बिहान १० बजेदेखि १२ बजेको समय। अर्को हो साँझ ५ बजेदेखि ८ बजेसम्मको समय। 

अहिले यस्ता बढ्न थालेपछि प्रहरीले व्यस्त स्थानमा सादा पोसाकमा प्रहरी परिचालन गरेको जानकारी दिएको छ। 

यी हुन् पक्राउ पर्नेहरु

गएको साता राजधानीमा यसरी चोरी गर्ने केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ।
१. नाम :- अनिल तामाङ 
उमेर :- २७ वर्ष 
ठेगाना :- जिल्ला दोलखा मिर्गे १ घर भई हाल का.जि. धापासी
२.नाम :- जिते राज भन्ने बोझ बहादुर भुजेल 
उमेर :- १९ वर्ष 
ठेगाना:- जिल्ला सि.पा.नवलपुर ९ घर भई हाल का.जि. धापासी
३. नाम :- सुजन तामाङ 
उमेर :- २७ वर्ष 
ठेगाना :- जिल्ला दोलखा मिर्गे १ घर भई हाल का.जि. धापासी
४. नाम :- संजिव तामाङ 
उमेर :- २७ वर्ष 
ठेगाना :- जिल्ला काभ्रे सर्सयुखर्क ७ घर भई हाल का.जि. स्वयम्भु
५. नाम :- सुदिप भन्ने बेल बहादुर बरायली 
उमेर :- २३ वर्ष 
ठेगाना :- जिल्ला सि.पा.पाल्चोक ३ 
हाल :- का.जि.दक्षिणढोका
६. नाम :- गोकर्ण दुलाल 
उमेर :- २३ वर्ष 
ठेगाना :- जिल्ला नुवाकोट पिपल ८ 
हाल :- का.जि.नागर्जुङ
७. नाम :- कृण्ण तामाङ 
उमेर :- ४१ वर्ष 
ठेगाना :- का.जि.का..न.पा. वडा न .६ बौद्ध


​एकपछि अर्को गर्दै १३ घटना

१) मिति २०७२।०५।२८ गते दिउसो १४:३० वजेको समयमा का.जि. सामाखुशी रानिवारी स्थित शर्मिला वि.क.ले घाँटीमा लगाएको २ तोलाको सुनको लकेट सहितको सिक्री लगेको लुटी लगेको ।

२) मिति २०७२।०६।०२ गते १३:४५ बजेको समयमा का.जि. महाराजगंञ्ज बालुवाटार-४ किरण मार्ग चोक स्थित वर्ष ६० की सैलजा पाण्डेले लगाएको २ तोला आधा वरावरको सिक्री लगेको लुटी लगेको ।

३) मिति २०७२।०७।०५ गते दिउको १३:३० बजेको समयमा का.जि. वुढानिलकण्ठ न.पा. १२ कपन विवेक चोक कपन ढलाने पुल नजिक वर्ष ५० की सिता वजिमयले घाँटीमा लगाएको सुनको सिक्री २.५ तोलाको सिक्रि लुटी लगेको । 

४) मिति २०७२।१२।११ गते १९:४५ बजेको समयमा का.जि.का.म.न.पा.१६ सगरमाथा चोक नजिक पैदल यात्री दिल माया परियारले घाँटीमा लगाएको सुनको सिक्री १ तोलाको लुटि लगेको । 

५) मिति २०७३।१।१ गते अ. १५:०० वजेको समयमा का.जि. वुढानिलकण्ठ न.पा. १० गोल्फुटार स्थित पैदल यात्री वर्ष २४ की अनिता आचार्यले घाटीमा लगाएकी अ. ३.५ तोलाको सुनको सिक्री लुटी लगेको । 

६) मिति २०७३।०१।१५ गते अं १२:०० वजेको समयमा का.जि. टोखा न.पा. ९ त्रियोग मार्ग स्थित पैदल यात्री वर्ष ५२ की लक्ष्मी श्रेष्ठले घाटीमा लगाएको अ. १.५ तोला वरारवरको सुनको सिक्री लुटी लगेको ।

७) मिति ०७३।१।२१ गते अ. १२:१५ वजेको समयमा का.जि. टोखा १५ निर्मल वाटिका टोल Crs छेउ पैदल यात्री वर्ष ३५ यम माया घलेले लगाएको अ. १ तोलाको सुनको सिक्री पछाडी वाट आएको निलो कालो पल्सर मो.सा.मा सवार २ जना अपरिचित व्यक्तिहरुले निजको सुनको सिक्री लुटी लगेको ।

८) मिति ०७३।१।२१ गते अ. १०:३० वजेको समयमा का.जि. वुढानिलकण्ठ न.पा. २ वासुखी स्थित छेउ पैदल यात्री वर्ष २२ की सुसिला तामाङले लगाएको अ. आधा तोलाको सुनको सिक्री लुटी लगेको । 

९) मिति २०७३।१।२९ गते विहान १८:३० बजेको समयमा का.जि.बुढानिलकण्ठ न.पा. स्थित सन्देश्वर चोक स्थित पैदल यात्री करुणा कार्कीले घाटिमा लगाएको १ तोलाको सुनको सिक्री लुटी लगेको । 

१०) मिति २०७३।०२।०४ गते १२:४५ वजेको समयमा का.जि. गोल्फुटार देखी हेपाली हाइट जाने क्रममा गल्ली वाटोमा पैदल यात्री यम कुमारी पोखरेलले घाटीमा लगाएको १ तोला सुनको सिक्री लुटी लगेको ।

११) मिति २०७३।०२।२२ गते १६:१५ बजेको समयमा का.जि.कपन तेन्जिङ चोक गणेश मन्दिर स्थित सडकमा हिडिरहेको पैदल यात्री वर्ष २८ की कृष्णा बल लामाले घाँटीमा लगाएको सुनको सिक्री १.२५ लाल को सुनको सिक्री लुटी लगेको 

१२) मिति २०७३।०२।२५ गते दिउसोको समयमा का.जि.मुलपानी थली स्थित सुन्द्रा श्रेष्ठले घाटीमा लगाएको सुनको सिक्री २ तोलाको लुटि लगेको ।

१३) मिति २०७३।०२।०१ गते का.जि. वुढानिलकण्ठ स्थित कमला देवि के.सी.ले घाँटीमा लगाएको १ तोलाको सुनको सिक्री लुटि लगेको ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell