PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

अख्तियारको धम्कीपछि इतेहादले नेपालमै तेल भर्न थाल्यो, लखनउ डाइभर्ट रोकियो



पहिलोपोस्ट

अख्तियारको धम्कीपछि इतेहादले नेपालमै तेल भर्न थाल्यो, लखनउ डाइभर्ट रोकियो

काठमाडौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको धम्कीपछि युनाईटेड अरब इमिरेट्स(युएई)को राष्ट्रिय ध्वजावाहक इतेहाद एयरवेजले नेपालमै हवाई इन्धन भर्न थालेको छ । इतेहादले शनिबारदेखि नेपालमै तेल भर्न थालेको हो । 

“इतेहादले शनिबारदेखि हवाई इन्धन भर्न थालेकोे छ, आयल निगमका त्रिभुवन विमानस्थल हवाई इन्धन डिपो प्रमुख प्रदीप यादवले भने, “उनीहरुले अबदेखि नेपालमै तेल भर्ने जानकारी समेत दिएका छन्।” शनिबार इतेहादले ९ हजार लिटर तेल भरेको थियो।
 
नेपाल उडान भर्ने इतेहाद एयरवेजले भारतको लखनउमा डाइभर्ट गरेर हवाई इन्धन भर्दै आएको थियो। यो कम्पनीले लखनउमा गर्दै आएको टेक्निकल फ्लाइटसमेत अब रोकिएको छ। अब कम्पनीले सिधै नेपालबाट आबुधावी उडान गर्नेछ । इतेहादले  भारत डाइभर्ट गरेर तेल भर्दै आएको जानकारी आयोगले पाएपछि नेपालमा तेल नभरे उडाननै सस्पेन्ड गर्ने चेतावनी दिएको थियो। यो चेतावनीपछि इतेहादले नेपालमा तेल भर्न थालेको निगम उच्च स्रोतले बतायो।
 
यो एयरलाइन्सले नाकाबन्दीपछि लखनउबाट तेल भर्दै आएको थियो। इतेहादका एक उच्च अधिकारीका अनुसार नाकाबन्दीपछि अक्टोबरसम्म तेल लिने सम्झौता भएपनि उडानै सस्पेन्ड गर्ने चेतावनीका कारण नेपालमै तेल भर्न थालिएको हो।

स्रोतका अनुसार सम्झौता रद्द गर्दा कम्पनीले केही रकम क्षतिसमेत ब्योहोरेको छ। नाकाबन्दीपछि नेपालमा उडान गर्ने २० हवाई कम्पनीमध्ये १९ कम्पनीले नेपालमै तेल भरिरहेका थिए भने इतेहादले मात्रै लखनउमा टेक्निकल उडान गरेर हवाई इन्धन भर्दै आएको थियो। यो कम्पनीले भारतमा तेल भर्नुमा नेपालमा भन्दा सस्तो पनि प्रमुख कारण हो। हवाई इन्धन नेपालमा भन्दा भारतमा प्रतिलिटर १० रुपैयाँ सस्तो छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell