PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

​जगजित श्रेष्ठ अष्ट्रेलियन स्टेट क्लबमा अनुबन्धित



पहिलोपोस्ट

​जगजित श्रेष्ठ अष्ट्रेलियन स्टेट क्लबमा अनुबन्धित

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगजित श्रेष्ठ अष्ट्रेलियन स्टेट क्लबसँग अनुबन्धित भएका छन्।

६ हप्ता अघि अष्ट्रेलिया पुगेका श्रेष्ठ भिक्टोरिया स्टेटको सेकेण्ड डिभिजन टीम ह्युम युनाइटेड एफसीसँग आबद्ध भएका हुन्। श्रेष्ठले फेसबुकमार्फत उक्त जानकारी गराएका हुन्। 

स्पोर्टिङ ह्वाइटलिज एफसीसँगको खेल शनिबार श्रेष्ठले डेब्यु समेत गरिसकेको फेसबुकमा उल्लेख गरेका छन्। श्रेष्ठले आफ्नो पहिलो खेलमा दुई गोल समेत गरेका थिए भने खेल उनैको टीमले ३–२ ले जितेको थियो।  उक्त खेल जागामस मेन स्टेट लिग टु नर्थ वेष्ट टुर्नामेन्ट अन्तर्गत थियो।

श्रेष्ठले जारी सिजनमा मासिक १५ सय डलर पाउनेछन्। नेपाली राष्ट्रिय फुटबल टीमको क्याम्पमा रहेकै अवस्थामा श्रेष्ठ अष्ट्रेलिया लागेका थिए।

फोटो : यती फुटबल क्लबको फेसबुक पेज 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell