
प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगितामा नेपालसहित पाँच राष्ट्रका ७२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
यही साउन ७ गतेदेखि नेपालमै हुने प्रतियोगितामा घरेलु टोलीबाट २४ खेलाडीले सहभागिता जनाउनेछन्। त्यस्तै माल्दिभ्स, बंगलादेश, पाकिस्तान र भारतबाट जम्मा ४८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
आठ स्पर्धा समावेश प्रतियोगितामा ४० र ५० वर्षमाथिको पुरुष/महिला टिम तथा ४० र ५० वर्षमाथि पुरुष/महिला सिंगल्स खेल हुने बताइएको छ। क्वाटरफाइनलसम्मका खेल ‘वेस्ट अफ फाइभ’ तथा सेमिफाइनल र फाइनल ‘बेस्ट अफ सेभेन’ का आधारमा खेलाइनेछ।
तीनदिन सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न २० निर्णायक खटिने आयोजकले जनाएको छ।
(फोटो: राखेप)