PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

राजधानीमा चक्काजाम गराउँदै हिँड्ने विप्लव माओवादीका कार्यकर्ता पक्राउ



सविन ढकाल

राजधानीमा चक्काजाम गराउँदै हिँड्ने विप्लव माओवादीका कार्यकर्ता पक्राउ

काठमाडौँ : राजधानीका विभिन्न स्थानमा चक्काजाम गराउँदै हिँडेका नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा माओवादीका कार्यकतालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले काठमाडौको बालाजु, रत्नपार्क, कलंकी, चाबहिल, गोंगबु, सामाखुसी लगायतका स्थानबाट सवारी आगमनमा अवरोध गर्दै हिँडेको अवस्थामा ३६ जनालाई पक्राउ गरेको हो।

सरकारले सर्लाहीको सुकुम्बासी बस्तीमा दमन गरेको भन्दै उनीहरुले चक्काजाम गरेका हुन्। महानगरीय प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीले काठमाडौँको कुनै पनि स्थानमा चक्काजाम गर्न नदिने जानकारी गराएका छन्। उनले भने, 'अहिले राजधानीको अवस्था सामान्य छ।'



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell