PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​यी हुन् १५ औं संस्करणको युरोको उत्कृष्ट दश गोल, पहिलो नम्वरमा कुन पर्यो?



पहिलोपोस्ट

​यी हुन् १५ औं संस्करणको युरोको उत्कृष्ट दश गोल, पहिलो नम्वरमा कुन पर्यो?

युईएफएले फ्रान्समा सम्पन्न १५ औं संस्करणको युरोकप फुटबल को उत्कृष्ट दश गोल सार्वजिनिक गरेको छ।

फ्रान्समा गत साता सम्पन्न युरो २०१६ मा कुल १०८ गोल भएका थिए। यसैबाट युईएफएको १३ सदस्यीय प्राविधिक कमिटीले उत्कृष्ट दश गोल छनोट गरेको हो। तर फ्यान हरुको मतको आधारमा काल्र्सवर्ग गोल अफ दि टुर्नामेन्ट चुनिएको हंगेरीको जोल्टन गेराको गोल उत्कृष्ट दशमा पर्न असफल भएको छ।

उक्त कमिटीले छनोट गरेको उत्कृष्ट दश गोलको शीर्ष स्थानमा स्विट्जरल्याण्डका जेद्रान शाकिरीको गोल पर्न सफल भएको छ। उनले प्रिक्वाटरफाइनलमा पोल्याण्ड विरुद्ध बाइसाइकल किक मार्फत शानदार गोल गरेका थिए।

उत्कृष्ट दश गोलको सूचीमा युरो च्याम्पियन बनेको पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको दुई गोल समावेश छ। यस्तै उत्कृष्टको सूचीमा समूह चरणको ४, प्रिक्वाटरफाइनल र क्वाटरफाइनलको २/२ तथा सेमिफाइनल र फाइनलको १/१ गोल समावेश छ।

यी हुन् युरो २०१६ का उत्कृष्ट दश गोलकर्ता

१. जेद्रान शाकिरी स्विट्जरल्याण्ड भर्सेस पोल्याण्ड
२. हल रोब्सन कानु वेलस भर्सेस बेल्जियम
३. दिमित्री पायट फ्रान्स भर्सेस रोमानिया
४. मारेक हमसिक स्लोभाकिया भर्सेस रसिया
५. क्रिस्टियानो रोनाल्डो पोर्चुगल भर्सेस हंगेरी
६. एडर पोर्चुगल भर्सेस फ्रान्स
७. एन्टोनी ग्रिज्मन फ्रान्स भर्सेस आइसल्याण्ड
८. क्रिस्टियानो रोनाल्डो पोर्चुगल भर्सेस वेल्स
९. एडेन हाजार्ड बेल्जियम भर्सेस हंगेरी
१०. रोमेलु लुकाकु बेल्जियम भर्सेस आयरल्याण्ड

हेर्नुस् भिडियो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell