PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

घुमाउरो शैलीमा गोविन्द केसी विरुद्ध राजधानीमा प्रदर्शन

घुमाउरो शैलीमा गोविन्द केसी विरुद्ध राजधानीमा प्रदर्शन

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौँ :  प्राध्यापक डाक्टर गोविन्द केसीको अनसनको समर्थनमा प्रदर्शन भएकै स्थान माइतिघरमा आइतबार घुमाउरो शैलीमा केसीको विरुद्धमा प्रर्दशन भएको छ। केसीको पक्षमा गरिएको प्रदर्शनको २४ घण्टा बित्न नपाउँदै निजी मेडिकल कलेज सञ्चालनको माग राख्दै प्रदर्शन भएको हो।  प्रदर्शनमा १८ वटा मेडिकल कलेजका संचालक, प्राध्यापक, विद्यार्थी लगायत कर्मचारी सहभागी थिए। प्रदर्शन पछिको भेलालाई सम्बोधन गर्दै निजी मेडिकल कलेज सञ्चालकका अध्यक्ष डाक्टर भोला रिलाजले केसी विरुद्धको प्रदर्शन नभएको दावी गरे। उनले प्रदर्शनमा सहभागी स्वतस्फुर्त आएको जिकिर गरे।
'केसीको आन्दोलन विधि संम्वत छैन', उनले भने, 'अस्पताल क्षेत्रमा आन्दोलन गर्नु कुनै हिसाबले जायज छैन।'   डाक्टर केसीले उठाएका माग आवश्यकता भन्दा बढी भएको रिजालको दावी छ। नेपालमा खोलिएका मेडिकल कलेजको कोटा घटाएर हजारौँको रोजगारी, विद्यार्थीको शिक्षालाई नै ओझेलमा पार्न खोजीएको प्रदर्शनमा सहभागीहरुले तर्क गरे। सहभागीहरुले डाक्टर केसी माथीको राजनितिक बन्द गर, गुणस्तर कायम गर्ने नाममा निर्धारित मापदण्ड पुरा गरेका मेडिकललाई सजाय नदेउ, प्राइभेट मेडिकललाई बन्द नगर लगायतका प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए। भृकुटिमण्डपबाट सुरु भएको र्‍याली बागबजार, पुरानो बसपार्क, सुन्धारा, थापाथलि हुँदै माइतिघर मण्डला पुगेको थियो। हेर्नुस् इलिट जोशीले खिचेका फोटा- 
 


ट्रेन्डिङ पोस्ट

Ncell