PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

आदित्यले भने- मेरो लागि नमाग, प्रतिष्ठान भन्छ- एक करोड दिएको बारे जानकारी छैन



सविन ढकाल

आदित्यले भने- मेरो लागि नमाग, प्रतिष्ठान भन्छ- एक करोड दिएको बारे जानकारी छैन

काठमाडौँ :  आदित्य दाहाल प्रतिष्ठानले सरकारले आफूहरुलाई १ करोड रुपैयाँ दिएको भन्ने बारे जानकारी नभएको बताएको छ। 

'हामीलाई सरकारले १ करोड रुपैयाँ दिएको भन्नेबारे जानकारी नै छैन', प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मी प्रसाइँले पहिलोपोस्टसँग भने, 'जति कुरा आएको हो, सञ्चार माध्यमबाट नै थाहा पाएका छौँ।'   

उनले सरकारबाट आधिकारिक जानकारी नआएसम्म केमा खर्च गर्ने भन्ने विषयमा सोचिनसकेको बताए।

अलौकिक शक्ति भएका कारण सरकारले आदित्यको संरक्षण गर्नुपर्ने प्रतिष्ठानको धारणा रहेको उनले बताए। उपाध्यक्ष प्रसाइँका अनुसार आदित्य मेरो लागि नमाग र मलाई भेट्न नखोज भन्दै केही दिनदेखि ध्यान साधनामा रहेका छन्। 

आदित्यले साउन ७ गतेसम्म आफू ध्यानमा रहने बताएको उनले बताए। 

सरकारले शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट आदित्य दाहालको गाडी र आवास लगायतका भौतिक सुविधाको प्रयोजनका लागि आदित्य दाहाल प्रतिष्ठानलाई रु एक करोड सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो। 

सरकारको यो निर्णयसँगै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। एक करोड रुपैयाँ सहयोग गर्ने आफ्नो सरकारको निर्णयको चर्को आलोचना भएपछि गएराति प्रधानमन्त्रीसँग सीधा कुरा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विभिन्न तर्क दिएका छन्। 

सम्बन्धित समाचार
​​आदित्यलाई एक करोड : पहिलेको रकम फिर्ता गरेको भन्दै प्रधानमन्त्रीले यसरी झुक्याए



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell