PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

अनाथ बालकको पीडादायी आँसुको कथा 'अनेरुवा' सार्वजनिक



पहिलोपोस्ट

अनाथ बालकको पीडादायी आँसुको कथा 'अनेरुवा' सार्वजनिक

काठमाडौं : अनाथ बालक अमृतकुमारमाथि लेखिएको पुस्तक 'अनेरुवा' सार्वजनिक भएको छ।
 
पत्रकार तथा परोपकार अभियानकर्ता रवीन्द्र मिश्र, पूर्वन्यायाधीश तथा मानव अधिकार आयुक्त प्रकाशचन्द्र वस्ती, अधिवक्ता मीरा ढुंगाना लगायतले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरे।
 
अमृतकुमारलाई आफ्नै बाबुले छोडेर भागेका थिए। उनैको लालनपालन गरिरहेका प्रजापित तिमल्सिनाले अमृतको नागरिकता बनाउन गरेको पीडादायी सङ्घर्षलाई  पुस्तकमा उतारेका छन्।
 
पुस्तकको प्रस्तुतीकरण शैली रुचाएका पत्रकार मिश्रले व्यावहारिक परोपकारको नमुनाको रुपमा पुस्तकको प्रशंसा गरे। मिश्रले अमृतजस्ता धेरै बालबालिका अझै पनि अकारण अनागरिक हुने गरेको प्रति चिन्ता समेत व्यक्त गरेका थिए।
 
'अमृतको नागरिकता बनाउन जोजो भेटिए, तीबाट हैरानी भोग्नुपरेको थियो, उनीहरुले यो पुस्तक पढुन् र यो पीडालाई महसुस गरुन्,' उनले भने।
 
कार्यक्रममा बोल्दै अधिवक्ता ढुंगानाले अमृत र उनीजस्तैले नागरिकता पाउन अझै पनि अनावश्यक दु:ख पाउनुपर्ने अवस्था रहेकोमा दुःख व्यक्त गरिन्।
 
मानवअधिकार आयुक्त वस्तीले पुस्तकको सम्मोहन क्षमताको चर्चा गर्दै पुस्तक पढ्दैजाँदा आफू ठाउँठाउँमा विचलित भएको अनुभव सुनाए। उनले भने, 'हाम्रो समाजमा अब कोही पनि अमृतकुमार वा अमृतकुमारी बन्नु नपरोस्।'
 
आफ्नै बारेमा लेखिएको पुस्तकका बारेमा अमृतले भने केहि भन्न सकेनन्। उनले 'म खुशी छु' भन्दै उपस्थित सबैलाई धन्यवाद दिएका थिए।
 
पुस्तकका लेखत तथा अमृतलाई नागरिकता दिलाउन ठूलो संघर्ष गरेका लेखक तिमिल्सनाले भने उपस्थित सबैलाई भावुक बनाएका थिए।

पुस्तकलाई सांग्रिला बुक्सले बजारमा ल्याएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell