PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

पिकअपको ठक्करबाट बालिकाको मृत्यु, मोटरसाइकलले हान्दा दुई जना घाइते



पहिलोपोस्ट

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खोजपुर–८ मा गाडीको ठक्करबाट आज बिहान एक बालिकाको ज्यान गएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा२झ ७८४ नम्बरको टाटा पिकअप गाडीको ठक्करबाट सप्तरीको पन्सेरा गाविस–७ निवासी ३ वर्षीया सतोहा खातुनको मृत्यु भएको हो। उनी स्मत मियाँकी छोरी भएको प्रहरीले जनाएको छ।
 
यस्तै, धनुषामा मोटरसाइकलको ठक्करबाट ड्युटीमा रहेका एक प्रहरी गम्भीर घाइते भएका छन्।
 
गएराति धनुषाको मिथिला-४ एक्लेबरमा ज ७ प २०९२ नम्बरको मोटरसाइकलको ठक्करबाट इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी हवल्दार कटकबहादुर बम्जन घाइते भएका हुन्। उनको घाइतेको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

यता, ललितपुरमा पनि मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते भएका छन्। गएराति ९ बजे थसिखेलस्थित कुसुम्तीमा बा ६३ प ९२६३ नम्बरको मोटरसाइकलको ठक्करबाट ललितपुर बस्दै आएकी सिन्धुपाल्चोककी २० वर्षीया प्रशंसा भण्डारी घाइते भएकी हुन्। उनको अल्का अस्पताल जाउलाखेलमा उपचार भइरहेका छ भने दुर्घटनामा संलग्न मोटरसाइकल चालक फरार छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell