PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

तेस्रो पटक तोकियो सातौं राष्ट्रिय खेलकुदको मिति



पहिलोपोस्ट

तेस्रो पटक तोकियो सातौं राष्ट्रिय खेलकुदको मिति

काठमाडौं : दुई पटक मिति घोषणा भए पनि बजेटको समस्या र मधेस आन्दोलनका कारण स्थगित भएको सातौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ।
 
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १०६ औं बोर्ड बैठकले राष्ट्रिय खेलकुदको नयाँ मिति ताकेको हो।
 
राखेप अध्यक्ष युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा बसेको बैठकले सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन्।
 
यसअघि पहिलो पटक पूर्वाञ्चलमा गत वर्षको मंसिर ११ देखि १८ गतेसम्म हुने भनिएको थियो। दोस्रोपटक गत वर्षकै फागुन १८ देखि २३ गतेलाई तय भएको थियो।
 
छैटौं राष्ट्रिय खेलकुद २०६८ मा सुदूरपश्चिममा आयोजना गरिएको थियो। 

त्यस्तै बैठकले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि राखेपले तयारी डेस्क स्थापना गर्ने निर्णय गरेको छ। भारतमा गत फेब्रुअरी १६ तारिखमा सम्पन्न १२ औं सागको समापनका अवसरमा नेपाललाई १३ औं साग आयोजनाका लागि झण्डा हस्तान्तरण गरिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell