
काठमाडौं : संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा होमिएको संघीय गठबन्धनले प्रधानमन्त्री केपी ओली विरुद्धको अविश्वासको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको छ।
दुई दिनसम्म राजधानीमा चलेको गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको बैठकले नेपाली कांग्रेस र माओवादी केन्द्रले व्यवस्थापिका संसदमा दर्ता गराएको अविश्वासको प्रस्तावमा गठबन्धनमा आबद्ध संसदवादी दलले मतदान गर्ने निर्णय गरेको हो।
सो बैठकले २६ बुँदे माग राखी गरिएको तेस्रो चरणको ३९ दिने रिले अनसन प्रभावकारी र सफल भएको दाबी गर्दै नयाँ कार्यक्रम पनि सार्वजनिक गरेको छ।
आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निष्कर्ष निकाल्दै गठबन्धनले देशका १० स्थानमा बृहत अन्तरक्रिया गर्ने निर्णय गरिएको छ।
हेर्नुस्, थप कार्यक्रमको तालिका-
फाइल फोटो