PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सरकार गठनका विषयमा संस्थागत निर्णय गर्न कांग्रेसको केन्द्रीय समिति बैठक



पहिलोपोस्ट

सरकार गठनका विषयमा संस्थागत निर्णय गर्न कांग्रेसको केन्द्रीय समिति बैठक

काठमाडौः नेपाली कांग्रेसले सरकार गठनका लागि चालेका कदममा संस्थागत रुपमा निर्णयका लागि मंगलबार बिहान ८ बजे केन्द्रीय समिति बैठक डाकेको छ। नेपाली कांग्रेसभित्रै रामचन्द्र पौडेलको समूहले सभापति शेरबहादुर देउवाले महत्वपूर्ण विषयमा एकलौटी निर्णय गरेर पार्टीको संस्थागत स्वरुपलाई कमजोर पार्न खोजेको भन्दै विरोध जनाएपछि उनले केन्द्रीय समिति बैठक बोलाएका हुन्।
 
वरिष्ठ नेता पौडेल समूहले कुनै पनि विषयमा संस्थागत निर्णय नगरी अघि बढ्दा संस्थागत स्वरुपमा नै समस्या आउने भन्दै पार्टीलाई कमजोर बनाउने काम नगर्न सभापति देउवाको ध्यानाकर्षण गराएको थियो।
 
पौडेल समूहको मागपछि सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्तावमा छलफल हुनु अगावै केन्द्रीय समितिमा छलफल गरेर निर्णय गर्न लागेका हुन्।
 
नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले केन्द्रीय समिति बैठकमा सरकार गठनको विषयका अत्तिरिक्त अन्य विषय पनि रहेको बताए।
 
‘केन्द्रीय समिति बैठकमा पहिलो एजेण्डा भनेको समसामयिक राजनीति नै हो’ मुख्यसचिव पौडेलले भने, ‘त्यसबाहेक भ्रातृ संस्थाहरुको महाधिवेशन, त्यसलाई व्यवस्थित गर्न विधानमा नयाँ सुधारसहितको अनुमोदन लगायतका विषय पनि बैठकका एजेण्डा छन्।’

उनले जिल्लास्थित पार्टी संगठनका विषय पनि बैठकको एजेण्डा रहेको जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell