PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

ओली सरकार एक मिनेटमै बाहिरिन्छ : प्रदीप ज्ञवाली



पहिलोपोस्ट

ओली सरकार एक मिनेटमै बाहिरिन्छ : प्रदीप ज्ञवाली

भक्तपुर : नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले संसदलाई विश्वास गर्ने भएकाले संसदको जुनसुकै निर्णयलाई स्विकार गर्ने बताएका छन्।
 
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ज्ञवालीले संसदले गणितीय आधारमा गर्ने नियर्णलाई स्विकार्दै अविश्वासको प्रस्तावसँगै वर्तमान सरकार असफल रहे एक मिनेटमै सत्ता छाड्ने बताए।
 
संविधान कार्यान्वयनको पाटोमा नेकपा एमाले अटल रहेको दाबी गर्दै उनले सरकारको मोहभन्दा पनि संविधानको रक्षाका लागि नयाँ सरकार निर्माणसँगै प्रतिपक्षमा बस्ने बताए।
 
सरकारको बहिर्गमनपश्चात देखिएको संवैधानिक जटिलता फुकाउन समेत वर्तमान सरकार तयार रहेको भन्दै नेता ज्ञवालीले भने, 'नयाँ सरकार गठन गर्न राष्ट्रपतिले बाधा अड्काउ फुकाउने, संविधान संशोधन गर्ने वा दलीय सहमति गर्ने आधार संविधानमा व्यवस्था भएकाले वर्तमान सरकारले संसदको उपयोग गरेको हो।'

अविश्वासको प्रस्ताव ल्याउनैपर्ने गरी सरकारले गल्ती नगरेको उनको भनाइ छ। 'भारतको नाकाबन्दीको सामना गर्‍यो, मधेस आन्दोलनलाई साम्य गर्‍यो,' सरकारको बचाउ गर्दै उनले भने, 'जनताको बजेट ल्याऔं र पुनर्निर्माणको कामलाई तीव्रता दियौं। नयाँ शिराबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने लगायतका राम्रा कामकै कारण अविश्वासको प्रस्ताव आएको हो।'
 
वर्तमान सरकारको स्पष्ट खाका देखेर नै अन्य राजनीतिक दल अत्तालिएको आरोप लगाउँदै उनले सफल संविधान कार्यान्वयको बाटो देखेपछि असफल पार्ने रणनीतिअनुरुप सरकार परिवर्नतनको खेल भएको दाबी गरे।
 
'नयाँ राजनीतिक समीकरणसँगै कांग्रेसको बुई चढेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकारमा जाँदै छन्,' उनले थपे, 'वैतरणी पार गर्न सकून् भन्ने हाम्रो कामना हो तर नदीको बीचमै डुबेमा लाइफ ज्याकेट लिएर हामी नै उद्धारमा आउनेछौं।'
 
वर्तमान अवस्थामा विदेशिको चलखेल बढेको भन्दै उनले आफ्नो थैलीको मुख बाँध्न नसक्नुको परिणाम समस्या आउको बताए। 

प्रधानमन्त्रीको चीन भ्रमणपश्चात गरिएका सम्झौता कार्यान्वयन हुन नसके त्यसले नेपाललाई २० वर्षपछि धकल्ने भन्दै उनले चिनियाँ राष्ट्रपतिको भ्रमण पछिल्लो राजनीति दृश्यका कारण हुने/नहुनेमा आशंका व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell