PahiloPost

May 14, 2025 | १ जेठ २०८२

विश्वकप छनोटका लागि राखेपले गर्ने भयो राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता



पहिलोपोस्ट

विश्वकप छनोटका लागि राखेपले गर्ने भयो राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता

हङकङमा हुने आइसीसी महिला विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय महिला क्रिकेटको छनोट प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् राखेपले गर्ने भएको छ। राखेपले यहि साउन ८ देखि ११ गतेसम्म त्रि.वि. अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा “महिला राष्ट्रिय छनौट प्रतियोगिता’’ गर्न लागेको जानकारी गराएको हो।

टि–२० फम्र्याटमा संचालन हुने यस प्रतियोगितामा पाँच बिकास क्षेत्र र शसस्त्र प्रहरी बलको महिला टोली सहित ६ टिमले सहभागिता जनाउने छन्। यस राष्ट्रिय प्रतियोगिताका लागि गत असार २८ गते २२ वटा जिल्लामा र असार ३० र ३१ गते पाँचै विकास क्षेत्रबाट खेलाडी छनोट गरेको राखेपले बताएको छ। 

छनोट प्रतियोगिता ६ टोलीलाई लिग चरणमा दूई समुहमा विभाजन गरिएको छ। दुबै समूहको शीर्ष स्थानमा रहने टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। समूह ए मा शसस्त्रको एपिएफ, मध्यमाञ्चल र मध्य पश्चिमाञ्चल विकास क्षेत्र रहेका छन् भने समूह बी मा पुर्वाञ्चल, पश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चल विकास क्षेत्र रहेका छन्। 

सिनियर महिला क्रिकेटको ईतिहासमै पहिलो पटक बिजेता टिमलाई नगद १ लाख र उपबिजेतालाई नगद ५० हजार सहित सिल्ड र मेडल प्रदान गरिनेछ। यसका साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सवूमन, उत्कृष्ट बलर, उदयमान खेलाडी आदि विधामा पनि पुरस्कृत गरिने छ।

यसै प्रतियोगिताबाट २४ उत्कृष्ट खेलाडी छनौट गरी साउनको अन्तिमबाट बन्द प्रशिक्षण सञ्चालन गरिने पनि राखेपले जनाएको छ। प्रतियोगिता आयोजना गर्न २० लाख अनुमानित बजेट रहेको बताएको छ। राष्ट्रिय खेलकुद परिषदबाट गठित क्रिकेट समन्वय समितिले यस प्रतियोगिताको संयोजन गर्ने छ। 

क्रिकेटमा बिद्यमान विवादले घरेलु क्रिकेट प्रतियोगिताहरु लामो समयदेखि हुन नसकिरहेको सम्बन्धमा राखेपको पहलमा नयाँ तथा युवा खेलाडीहरु खेल्नबाट वञ्चित नहून् भन्ने उद्देश्यले यस समिति गठन गरिएको राखेपले बताएको छ।

यस समितिले आगामी दिनमा पुरुष सिनियर टीम, यु–१९ विधामा पनि घरेलु प्रतियोगिताहरु आयोजना गर्ने उल्लेख छ। नव गठित समितिका संयोजकमा राखेप बोर्ड सदस्य शैलेष कर्माचार्य रहेका छन्।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell