
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार इन्जिनियर्स एशोसिएशनको तर्फबाट विभिन्न व्यक्तिहरुलाइ सम्मान गरे। इन्जिनियर्स एशोसिएशनले आयोजन गरेको कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट इन्जिनियर शंकरकृष्ण मल्ललाई सम्मानित गरियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्तव्यको क्रममा सम्मान प्राप्त गर्नेहरुलाई बधाई दिए। अनि सम्मानको अर्थ सम्झाए त्यो पनि आफ्नै उदाहरण दिएर।
ओलीले भने – ‘सम्मान र प्रशंशा पनि विचित्रको छ। पचास बर्ष पसिना बगाएर मरेर काम गर्यो अनि एउटा पुष्पगुच्छा पाइन्छ एउटा माला पाइन्छ। त्यो माला यति दामी भइदिन्छ की …..
म त प्रधानमन्त्री भए पनि अवार्ड त पाइन नि त।‘
उनले आफूले इन्जिनियर भएर काम नगरेकाले अवार्ड नपाएको खुलाए।
‘त्यो प्राप्त गर्न गाह्रो रहेछ, प्रधानमन्त्री हुदाँ समेत पाउन नसक्ने रहेछ। देख्दा सजिलो छ तर बुहत गाह्रो। धेरै बर्ष मिहनेत गरेर योगदान गरेर प्राप्त हुने रहेछ।‘
उनले कुनै संस्थाले सम्मानका लागि कसैको चयन गर्नुले काम प्रतिको लगाव, साथीहरुले कसरी लिएको छ, देशले, संस्थाले कसरी लिएको छ भन्ने देखिने खुलाए।
‘यसले आत्मसन्तुष्टि मिल्छ’, उनले भने, ‘हामी सबैले आ-आफ्ना ठाउँमा डेटर काम गर्नुपर्ने रहेछ। जुन ठाउँमा हो त्यहाँ इमान्दारिताका साथ काम गर्नुपर्ने रहेछ।‘