PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

१२ फोटोमा हेर्नुस् साउनको पहिलो सोमबार

१२ फोटोमा हेर्नुस् साउनको पहिलो सोमबार

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : धार्मिक आस्था राख्नेहरुका लागि विशेष महिना हो- साउन। हरियो महिनाका रुपमा लिइने साउनभर नजिकको तीर्थस्थलमा विशेषगरी हिन्दु धर्मावलम्बीहरु पूजा आराधनामा व्यस्त हुन्छन्।
 
काठमाडौंको पशुपतिनाथमा हरेक सोमबार ठूलो घुइँचो लाग्ने गर्छ। भगवान् शिवको पूजा आराधना गर्न मन्दिर पुग्नेहरु भजनकीर्तनमा रमाएर नाचेको दृश्यले जो कोहीलाई पनि पुलकित बनाउँछ।
 
साउनको सोमबार शिवलाई शुद्ध जल चढाएमा खुसी र समृद्धि पाइन्छ भन्ने धार्मिक विश्वास पनि छ।
 
आज साउनको पहिलो सोमबार भएकाले बिहान २ बजेपछि नै पशुपति क्षेत्रमा भक्तजन पुगेका थिए। यो वर्ष साउनमा ५ वटा सोमबार परेको छ।

हेर्नुस् दीपेन श्रेष्ठले खिचेका फोटो


ट्रेन्डिङ पोस्ट

Ncell