काठमाडौं : समसामयिक राजनीतिक अवस्थाका विषयमा केन्द्रित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ।
पार्टी कार्यालय सानेपामा बसिरहेको बैठकमा सरकार परिवर्तन र नेतृत्वका विषयमा बहस भइरहेको हो। पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको आसन्न महाधिवेशनको एजेन्डाबारे पनि बैठकमा छलफल हुने बताइएको छ। नेविसंघको ११औं राष्ट्रिय महाधिवेशनको मिति साउन २३ गतेदेखि तोकिइसकिएको छ।