PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

कांग्रेस बैठक एक घन्टाका लागि स्थगित, सरकारको विकल्पबारे गरिएको निर्णयको स्वागत



पहिलोपोस्ट

कांग्रेस बैठक एक घन्टाका लागि स्थगित, सरकारको विकल्पबारे गरिएको निर्णयको स्वागत

काठमाडौं : समसामयिक राजनीतिक विषयमा केन्द्रित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक एक घन्टाका लागि स्थगित भएको छ।

पार्टी कार्यालय सानेपामा बिहानैदेखि जारी बैठकमा सरकार परिवर्तन र नेतृत्वका विषयमा अहिलेसम्म १५ जना नेताहरुले आफ्नो धारणा राखिसकेका छन्। उनीहरुले सरकारको विकल्पबारे गरिएको निर्णयको स्वागत पनि गरे।
 
सत्ता परिवर्तनलाई हल्लाको विषय बनाउनुभन्दा पार्टीभित्रको निर्णय नै सही र वैधानिक हुनेमा रामचन्द्र पौडेर पक्षधर नेताहरुले बताएका छन्।
 
कसको नेतृत्वमा सरकार बनाउने भन्ने सामान्य भएकाले सहमति नै ठूलो कुरा भएको उनीहरुको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell